नेपालमा संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो « Khabarhub

नेपालमा संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो


१३ भदौ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । शनिबार एक हजार ८५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार सात हजार २५९ जनाको पीसीआर परीक्षणमा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टिजेन परीक्षणमा १७४ सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ५९ हजार २२२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८२ हजार ९७१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप दुई हजार २६० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १२ हजार ७१२ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३२ हजार ७४४ जना होम आइसोलेशन, तीन हजार ५२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ६२५ जना आइसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर ३४३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ७९६ जना छन् ।

नेपालमा कोरोना सङ्क्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७१४ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ६ : १० बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको