फोहोरले भरियो सिसडोल, गाडी फसेपछि झनै बिजोग ! (फोटोफिचर) « Khabarhub

फोहोरले भरियो सिसडोल, गाडी फसेपछि झनै बिजोग ! (फोटोफिचर)



काठमाडौँ- लगातारको वर्षाका काठमाडौंको फोहोर नियमित उठ्न सकेको छैन । अहिले शहरका सडक पुल र चोकमा फोहोरको डंगुर थुप्रिएका देखिन्छन् ।

काठमाडौं महानगरपालिकाले विगत १६ वर्षदेखि उपत्यकामा उत्सर्जित फोहोरमैलाको अन्तिम विर्सजनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ ।

ल्याण्डफिल साइटको करिब २ किलोमिटर सडक पार गर्न नसक्दा काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु १५ दिनदेखि ल्याण्डफिल सडकमै अलपत्र अवस्थामा छन् ।

सडकमाथि फोहोर र फोहोरमाथि फोहोर बोेकेका गाडी फोहोरको थुप्रो र हिलोमा फसेर बसेका छन् ।

सामान्य अवस्थामा दैनिक डेढ देखि दुइ सय गाडीले काठमाडौंको फोहोर ल्याण्डफिल साइट पुग्थे भने अहिले मुस्किलले दिनमा ५० वटा सम्म पुग्ने गरेका छन् ।

अहिले सिसडोल फोहोरको पहाड बनेको छ । अझैं पनि उपत्यकाको फोहोर ल्याण्डफिलमै विर्सजन भइरहेको छ ।

उता दीर्घकालीन ल्याण्डफिल साइट बञ्चरे डाँडाको निर्माण अझैं सम्पन्न भएको छैन । सिसडोलबाट २ किलोमिटर पर रहेको बञ्चरे डाँडामा २५ वर्षका लागि फोहोर बिर्सजन गर्न मिल्ने महानगरका अधिकारीहरु बताउँछन् ।

 

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ७ : २३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस