बाढीको वितण्डा : पटक-पटक डाइभर्सन बगाउँदा यात्रुलाई सास्ती « Khabarhub

बाढीको वितण्डा : पटक-पटक डाइभर्सन बगाउँदा यात्रुलाई सास्ती



नवलपुर- बुधबारदेखिको वर्षाले पूर्वपश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डमा रहेको डाइभर्सन बगायो ।

लगातारको वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि अबरुद्ध सडक खुलाउन बिहीबार दिनभर प्रयत्न गरियो, सम्भव भएन । शुक्रबार साँझसम्म एम्बुलेन्स पार गर्ने गरि बनाएको डाइभर्सन पनि लामो समय टिकेन ।

आइतबार बिहनदेखि एकतर्फी गाडी सञ्चालन गरिए पनि निरन्तरको वर्षाले पुनः डाइभर्सन बगाउने जोखिम उत्तिकै रहेको बुटवल(नारायणघाट सडक आयोजना प्रमुख रमेश दृष्टि बताउँछन् ।

बुटवल–नारायणघाट खण्डको ११३ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का लिएको चिनियाँ कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन’ ले दुई खण्डमा काम गर्दै आएको छ ।

सडक सतरउन्नतिका लागि ठाउँ ठाउँमा पुल निर्माण गर्न बनाएको डाइभर्सन पटक पटकको बाढीले बगाउँदा समस्या भएको हो । गत असारमा मात्रै तीन चार पटक डाइभर्सन बगाएर घण्टौंसम्म राजमार्ग अबरुद्ध भएको थियो ।

गत असार २४ गतेको बाढीले कावासोतीमा सडक नै बगाएपछि दुई दिन बाटो अबरुद्ध भएको थियो । बुधबारदेखिको बाढीले दाउन्ने पूर्व र दाउन्ने पश्चिम खण्डमा पनि उत्तिकै क्षति पुर्याएको आयोजना प्रमुख दृष्टि बताउँछन् ।

राजमार्गको मध्यभागमा पर्ने मुख्य खण्डमा भएको अबरोधले आयोजनालाई मात्र नभइ सडक विभागलाई समेत चिन्तित बनाएको छ ।

बाटोको अवस्था अध्यन गर्न आइतबार सडक विभागका उपनिर्देशक नेतृत्वको टोली नै खटिएको सडक विभागमा महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।
खासगरी सडक विस्तारका सडक भत्काइनुका साथै माटोले पुरिदा पानीले निकास नपाएर नै ठाउँ ठाउँमा सडक भत्किने गरेको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा उक्त सडक खण्ड स्तरउन्नतिका लागि शिलान्यास गरेका थिए । तर सडक विस्तारको काममा ढिलासुस्ती गरिँदा समस्या जटिल बनेको हो ।

गैँडाकोट–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर गरी दुई खण्डमा सडक स्तरोन्नति शुरु गरिएको थियो । सम्झौता अनुसार हालसम्ममा ७० प्रतिशत काम सम्पन्न भइसक्नुपर्नेमा ६ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ८ : ३९ बजे

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो

काठमाडौं– नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।  

स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत विनियोजन गर्न चिकित्सक संघको माग 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले स्वास्थ्य क्षेत्रको बजेट वृद्धि,

स्वास्थ्य मन्त्रालयमा १८ सय बढी दरबन्दी स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत संघीय पुल संरचनामा

जब तीन सवारी एकआपसमा ठोक्किए…

दोलखा– लामोसाघु-जिरी सडक खण्डअन्तर्गत पर्ने वैतेश्वर गाउँपालिका-५ को मैनापोखरी बजारमा

ह्वाइट हाउसमा कुश्ती भिड्न जालान् रवीन्द्र ?

काठमाडौं– कुख्यात रोमन सम्राट कोमोडसले कोलोसियममा ग्लाडिएटर प्रतियोगिता आयोजना गरेको