ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक « Khabarhub

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ग्लोबल आईएमई बैंक लिमिटेडले कुशे औंसी तथा हरितालिका तीजको अवसरमाआफ्ना ग्राहकवर्गलाई लक्षित गरी तीज विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

यस क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औंशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा “GIFT TO FATHER” लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत(रु. ३०० सम्म)क्यासब्याक पाइनेछ ।

यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आईएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म) क्यासब्याक फिर्ता पाइने छ ।

क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आईएमई बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी POS/ECOM मार्फत ३ हजार रुपैयाँ वा सो भन्दा बढीको भुक्तानीमा ३ सय क्यासब्याक फिर्ता पाउनु बैंकले जनाएको छ । महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गते सम्म चल्नेछ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १० : २२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु