सेनाका अधिकृतहरूले गरे प्रहरी प्रधान कार्यालयको अवलोकन (फोटोफिचर) « Khabarhub

सेनाका अधिकृतहरूले गरे प्रहरी प्रधान कार्यालयको अवलोकन (फोटोफिचर)


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सैनिक वार कलेज नगरकोटमा सि.सं. १० का तालिमरत महासेनानी ३१ जना र प्रमुख सेनानी ४ जना गरी ३५ जना अधिकृतहरूले प्रहरी प्रधान कार्यालयको भ्रमण गरेका छन् ।

सो क्रममा उनीहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गरेका हुन् । अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गरे ।

शान्ति सुरक्षा स्थापना गर्न तथा अपराध अनुसन्धान एवं नियन्त्रण प्रहरीको प्रमुख दायित्व रहेको उनले चर्चा गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीप्रति जनताको अपेक्षा धेरै हुने हुनाले जघन्य लगायतका अपराध नियन्त्रण एवं प्रहरीलाई सुम्पिएको जिम्मेवारी निर्वाह गर्न स्थानीय तह तथा समुदायसँग समेत समन्वय गर्दै अगाडि बढेको उल्लेख गरे । खुल्ला सिमानाका कारण हुने गरेका सिमावर्ती अपराध नियन्त्रणका लागि समेत प्रहरी संवेदनशील रहेको उनले बताए ।

अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठनबीच सूचनाको आदान-प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी रुपमा एक आपसमा सहयोग हुने चर्चा गरे ।

प्रहरी समायोजन कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै त्यसमा देखिन सक्ने समस्या तथा चुनौतिको समेत विश्लेषण गरी आवश्यक तयारी भइरहेको उनले बताए । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले भ्रमण टोलीको स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए ।

नेपाली सेनाका महासेनानी सन्तोष कार्कीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गरे । कार्यक्रममा प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा नेपाली सेनाका सहायक रथीहरु प्रेमध्वज अधिकारी, सागर बहादुर थापा, प्रेम पुन र टंक प्रसाद भट्ट, प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामा लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : ४५ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन