टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको लगातार दोस्रो जित | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको लगातार दोस्रो जित


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ ।दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो ।

श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । समूह १ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर चम्किँदा श्रीलंका ७ विकेटले पराजित भयो।

वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए । स्टिभ स्मिथ २८ रनमा अविजित रहदा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १५४ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाले उक्त लक्ष्य ३ विकेट गुमाएर १८ बल बाँकी हुँदा नै पूरा गर्‍यो।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : २० बजे

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका

जेन-जी आन्दोलनका दोषीलाई सख्त कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएका हताहती र

‘मिस युनिभर्स नेपाल’को उपाधि सान्या अधिकारीलाई

काठमाडौं – ‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सन्या अधिकारीले जितेकी

किन भयो पुँजीबजारको नियामक सेबोन र नेप्सेमा आन्दोलन ?

काठमाडौं– नेपालको पुँजीबजारको नियमन गर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) र