२४ घण्टामा विश्वभर ४ लाख ७१ हजार संक्रमित थपिए « Khabarhub

२४ घण्टामा विश्वभर ४ लाख ७१ हजार संक्रमित थपिए

३ लाख ५३ हजार कोरोनामुक्त, ७ हजार ८१२ को मृत्यु


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ९८५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख ५३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ८१२ जना संक्रमितको मृत्यु भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७६ हजार ४३, रुसमा ४० हजार ९६, बेलायमा ३९ हजार ८४२, टर्कीमा २५ हजार ५२८, ब्राजिलमा १५ हजार २६८ र भारतमा १४ हजार ३२३ जना रहेका छन् ।

संक्रमणमुक्त हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका छ । जहाँ एकदिनमै ६७ हजार १०१ जना निको भएका छन् । त्यसपछि बेलायतमा २९ हजार ४५४, रुसमा २९ हजार ३१८, टर्कीमा २७ हजार ६५१, ब्राजिलमा १४ हजार २८ र भारतमा १३ हजार २२३ जना संक्रमणमुक्त भएका छन्।

यसैगरी मृत्यु हुनेको संख्या पनि अमेरिकामै धेरै छ । जहाँ एक हजार २०३ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी रुसमा एक हजार एक सय ५९, भारतमा ८०३, ब्राजिलमा ३९९, टर्कीमा २२९ र बेलायतमा १६५ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ५० बजे

पूर्वसञ्चारमन्त्रीको गाउँमा टेलिफोनको टावर ल्याइदिने अजयबाबुको प्रतिबद्धता 

चरीकोट– नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले पूर्वसञ्चारमन्त्री एवं एमालेका हालका

बङ्गलादेशका भावी प्रधानमन्त्री रहमान र सांसदहरूले लिए शपथ

एजेन्सी– बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मंगलबार संसद्को

ऊर्जा विकास र वातावरण संरक्षणबीच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबीच बैठक

काठमाडौं– वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ

स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न मेथी 

काठमाडौं– मेथी स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न हो

न्यूजील्याण्ड सुपर–८ प्रवेश : क्यानाडालाई ८ विकेटले हरायो

नयाँदिल्ली- न्यूजील्याण्डले टी–२० विश्वपको ३१औँ खेलमा क्यानाडालाई ८ विकेटले पराजित