तास खेलिरहेका वडाध्यक्षसहित ९ जना पक्राउ « Khabarhub

तास खेलिरहेका वडाध्यक्षसहित ९ जना पक्राउ


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित ९ जनालाई प्रहरीले तास खेलिरहेको अवस्थामा पक्रेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा गए राति तास खेलिरहेको अवस्थामा वडाध्यक्ष अधिकारीसहित ९ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा विदुर–१ का कृष्ण विश्वकर्मा, विदुर–४ का केशवप्रसाद पन्त, विदुर–५ का नवीन चित्रकार, विदुर–६ का मच्छिन्द्र परियार, बेलकोटगढी नपा–१० का सन्तोष त्रिपाठी, लिखु गापा–३ का राजु पन्त, दार्चुला घर भएर हाल विदुर–६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतिहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता हुन् ।

प्रहरीले तासको खालबाट १६० पत्ती ताससहित रु तीन लाख ५२ हजार नगद बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धानपश्चात कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा जुवा ऐनमा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : २२ बजे

पूर्वसञ्चारमन्त्रीको गाउँमा टेलिफोनको टावर ल्याइदिने अजयबाबुको प्रतिबद्धता 

चरीकोट– नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले पूर्वसञ्चारमन्त्री एवं एमालेका हालका

बङ्गलादेशका भावी प्रधानमन्त्री रहमान र सांसदहरूले लिए शपथ

एजेन्सी– बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मंगलबार संसद्को

ऊर्जा विकास र वातावरण संरक्षणबीच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबीच बैठक

काठमाडौं– वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ

स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न मेथी 

काठमाडौं– मेथी स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न हो

न्यूजील्याण्ड सुपर–८ प्रवेश : क्यानाडालाई ८ विकेटले हरायो

नयाँदिल्ली- न्यूजील्याण्डले टी–२० विश्वपको ३१औँ खेलमा क्यानाडालाई ८ विकेटले पराजित