वाग्मती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने « Khabarhub

वाग्मती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – वाग्मती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ ।

नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा बिहीबार साँझ बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै पालिकाका एसइई उत्तीर्ण दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट विद्यार्थी छनोट गरी सरकारको खर्चमा प्राविधिक विषय अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई आगामी १५ दिनभित्र कार्यविधि तयार पारेर पेश गर्न निर्देशन दिइएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले बताए । अध्ययनपश्चात सम्बन्धित पालिकामा सरकारले ताकेको निश्चित समय सेवा गर्नुपर्ने उनले बताए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ३१ बजे

तस्बिरमा हेर्नुहोस्, कुलमानको काठमाडौं–३ मा घरदैलो अभियान (तस्बिरहरू)

काठमाडौं–  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर

न्यून गुणस्तर भेटिएपछि ‘एनक्लेभ ओडी’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको ‘एनक्लेभ ओडी नामक

जब विद्यार्थी नेताले बंगलादेशको आन्दोलनमा लगाएको टीसर्टमै सांसदको शपथ लिए…

ढाका- बंगलादेशमा शेख हसिनाको सत्ता उखेल्ने गरी सन् २०२४ जुलाईमा

काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र

एआई पूर्वाधारमा भारतको दुई खर्ब डलर रणनीतिक पहल

नयाँदिल्ली– आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले