मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, नतिजा यसरी हेर्न सकिन्छ « Khabarhub

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, नतिजा यसरी हेर्न सकिन्छ


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज (शुक्रबार) बिहान बाँडफाँट भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो ।

आईपीओ खरिदका लागि २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए। जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको थियो ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले २० असोजदेखि २५ असोजसम्मको लागि सर्वसाधारणमा आईपीओ निष्काशनमा ल्याएको थियो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिनेछ ।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १० : ०९ बजे

तस्बिरमा हेर्नुहोस्, कुलमानको काठमाडौं–३ मा घरदैलो अभियान (तस्बिरहरू)

काठमाडौं–  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर

न्यून गुणस्तर भेटिएपछि ‘एनक्लेभ ओडी’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको ‘एनक्लेभ ओडी नामक

जब विद्यार्थी नेताले बंगलादेशको आन्दोलनमा लगाएको टीसर्टमै सांसदको शपथ लिए…

ढाका- बंगलादेशमा शेख हसिनाको सत्ता उखेल्ने गरी सन् २०२४ जुलाईमा

काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र

एआई पूर्वाधारमा भारतको दुई खर्ब डलर रणनीतिक पहल

नयाँदिल्ली– आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले