आर्यनको चिन्ताले कमजोर बने शाहरुख | Khabarhub Khabarhub

आर्यनको चिन्ताले कमजोर बने शाहरुख


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– मुम्बई क्रुज ड्रग्स मामलामा २६ दिनसम्म जेलमा रहेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले बिहीबार बम्बई हाईकोर्टको आदेशमा जमानत पाएका छन् । उनले जमानत पाए पनि रिहा भने भएका छैनन् । उनी शुक्रबार जेलबाट छुट्ने सम्भावना छ ।

आर्यनले जमानत पाएपछि उनको घर मन्नतमा उल्लास छाएको छ । जमानत पाएपछि मन्नताबाहिर फ्यानले पटाका पड्काएर खुशीयाली मनाएका छन् । शाहरुखले आफ्नो वकिल टिमसँग तस्वीर खिचाएर धन्यवाद व्यक्त गरेका छन् ।

तस्वीरमा शाहरुख निकै लामो समयपछि मुस्कुराएका छन् । तस्वीरमा शाहरुख केही कमजोर देखिएका छन् । आर्यनका वकिल मुकुल रहतोगीका अनुसार शाहरुख र गौरीका लागि यो समय निकै कठिनपूर्ण थियो । शाहरुखले सबै व्यावसायिक काम छोडेर आर्यनलाई जमानत दिलाउन लागिपरेका थिए ।

‘शाहरुखले लामो समयदेखि खाना राम्ररी खाएका छैनन् । उनी कफी मात्र पिइरहेका छन्’, उनले भनेका छन् । यो घटनाले शाहरुखको स्वास्थ्यमा पनि ठूलो असर परेको छ । शाहरुख यो मामलाभरी दक्षिण मुम्बईको ट्राइडेण्ट होटलमा थिए । जहाँ मुकुल पनि बसेका थिए ।

समाचारअनुसार शाहरुख र गौरी आफैं जेल गएर आर्यनलाई घर लिएर जानेछन् । नत्र शाहरुखका सहायक पूजा ददलानी र उनका बडीगार्ड आर्यनलाई लिन आर्थर रोड जेल जानेछन् । शाहरुखसँगै गौरीको स्वास्थ्य पनि कमजोर बनेको छ ।

सेशन कोर्टले लगातार जमानत निवेदन खारेज गरेपछि गौरी निकै चिन्तित थिइन् । गौरी आफ्नो साथीहरुसँग फोनमा कुराकानी गरिरहँदा निरन्तर रुने गर्थिन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : २४ बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ