आर्यनको चिन्ताले कमजोर बने शाहरुख « Khabarhub

आर्यनको चिन्ताले कमजोर बने शाहरुख


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– मुम्बई क्रुज ड्रग्स मामलामा २६ दिनसम्म जेलमा रहेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले बिहीबार बम्बई हाईकोर्टको आदेशमा जमानत पाएका छन् । उनले जमानत पाए पनि रिहा भने भएका छैनन् । उनी शुक्रबार जेलबाट छुट्ने सम्भावना छ ।

आर्यनले जमानत पाएपछि उनको घर मन्नतमा उल्लास छाएको छ । जमानत पाएपछि मन्नताबाहिर फ्यानले पटाका पड्काएर खुशीयाली मनाएका छन् । शाहरुखले आफ्नो वकिल टिमसँग तस्वीर खिचाएर धन्यवाद व्यक्त गरेका छन् ।

तस्वीरमा शाहरुख निकै लामो समयपछि मुस्कुराएका छन् । तस्वीरमा शाहरुख केही कमजोर देखिएका छन् । आर्यनका वकिल मुकुल रहतोगीका अनुसार शाहरुख र गौरीका लागि यो समय निकै कठिनपूर्ण थियो । शाहरुखले सबै व्यावसायिक काम छोडेर आर्यनलाई जमानत दिलाउन लागिपरेका थिए ।

‘शाहरुखले लामो समयदेखि खाना राम्ररी खाएका छैनन् । उनी कफी मात्र पिइरहेका छन्’, उनले भनेका छन् । यो घटनाले शाहरुखको स्वास्थ्यमा पनि ठूलो असर परेको छ । शाहरुख यो मामलाभरी दक्षिण मुम्बईको ट्राइडेण्ट होटलमा थिए । जहाँ मुकुल पनि बसेका थिए ।

समाचारअनुसार शाहरुख र गौरी आफैं जेल गएर आर्यनलाई घर लिएर जानेछन् । नत्र शाहरुखका सहायक पूजा ददलानी र उनका बडीगार्ड आर्यनलाई लिन आर्थर रोड जेल जानेछन् । शाहरुखसँगै गौरीको स्वास्थ्य पनि कमजोर बनेको छ ।

सेशन कोर्टले लगातार जमानत निवेदन खारेज गरेपछि गौरी निकै चिन्तित थिइन् । गौरी आफ्नो साथीहरुसँग फोनमा कुराकानी गरिरहँदा निरन्तर रुने गर्थिन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : २४ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले