जुम्रा हटाउने तरिका थाहा पाउनुहोस् « Khabarhub

जुम्रा हटाउने तरिका थाहा पाउनुहोस्


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको टाउकोमा जुम्रा परेपछि अत्यन्त चिलाउँछ । यसले मानिसको व्यक्तित्वमा त असर पार्ने मात्र होइन, स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ ।

सामान्यतया तिलको आकारको हुने जुम्रा खैरो र कालो रंगको हुन्छ । यसले रगत खाने गर्छ । एउटा जुम्राले एक दिनमा कम्तीमा ८ वटासम्म अण्डा पार्न सक्छ । जुम्राले पारेको अण्डालाई लिखा भनिन्छ । सामान्यतया ३० दिनको आयू हुने जुम्रा कसरी हटाउने त ?

– धेरै जुम्रा परेको भए राम्रो खाले काँइयोको प्रयोग गरेर पनि कपालमा रहेको जुम्रा र स–साना अण्डाहरु हटाउन सकिन्छ ।

– जुम्रा नपरोस् भन्न अरुले प्रयोग गरेको काँइयोको प्रयोग गर्नु हुदैँन ।

– कपालबाट जुम्रा हटाउन चिकित्सकको सुझाव अनुसारको साबुन, क्रिम वा औषधी प्रयोग गर्न सकिन्छ ।

– जुम्रा मार्ने साबुनको प्रयोग गरेपछि कपाल सुकाउने मेसिनको प्रयोग गर्नु हुँदैन ।

– औंषधीको प्रयोगले जुम्रा नष्ट हुन्छ तर लिखा हुँदैन । तसर्थ काँइयो वा अरुको मददतले लिखालाई हटाउनु पर्दछ ।

– कपाललाइ कम्तिमा पनि साताको दुई पटक नुहाउँदा जुम्रा पर्ने सम्भावना न्युन हुन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : ३१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते