वेब सिरिजमा काम नगर्ने नवाजुद्दीनको घोषणा « Khabarhub

वेब सिरिजमा काम नगर्ने नवाजुद्दीनको घोषणा


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– फिल्मका अलावा डिजिटल प्लेटफर्मबाट पनि आफ्नो अभिनय कला देखाएका अभिनेता नवाजुद्दीन सिद्दीकीले डिजिटल प्लेटफर्म छोड्ने घोषणा गरेका छन् । अर्थात् नवाजुद्दीन भविष्यमा वेब सिरिजमा देखिने छैनन् । डिजिटल प्लेटफर्मले दिनानुदिन आफूलाई मजबुत बनाइरहँदा नवाजुद्दीन भने यो विकासबाट खुशी छैनन् ।

‘निरर्थक शोका लागि वास्तवमा अब ओटीटी प्लेटफर्म एक डम्पिङ ग्राउण्ड बनेको छ । यो प्लेटफर्ममा यस्ता यस्ता शो आइरहेका छन्, जो पहिलो पटक नै हेर्न लायक थिएनन् वा फेरी पनि तिनीहरुको सिक्वेल आइरहेका छन्, हुन हेर्न लायक केही छैनन्’, उनले भनेका छन् ।

उनले आफूले नेटफ्लिक्सका लागि ‘सेक्रेड गेम्स’मा काम गर्दा डिजिटल प्लेटफर्मममा धेरै कुरा रहेको दाबी गरेका छन् । ‘नयाँ प्रतिभालाई मौका दिइरहेको थियो । तर अब त्यो ताजापन हराएको छ । यो अब ठूलो प्रोडक्सन हाउस र कलाकारका लागि धन्दा बनेको छ । जो अब ओटीटी प्लेटफर्ममा तथाकथित स्टार बनेका छन्’, उनले भनेका छन् ।

नवाजको बुझाईमा ओटीटी असहनीय छ । उनले आफूले ओटीटीलाई हेर्न नसकिरहँदा त्यस्तो प्लेटफर्ममा कसरी काम गर्नसक्छु भनेर प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : ३८ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र