रियल मड्रिड र एथ्लेटिकोको जित, बार्सिलोनासँग भिल्लारियल पराजित « Khabarhub

रियल मड्रिड र एथ्लेटिकोको जित, बार्सिलोनासँग भिल्लारियल पराजित


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले दशौँ जित निकालेको छ ।

सोमबार बिहान भएको खेलमा घरेलु टोली रियलले सेभिल्लामाथी २-१ अन्तरको जित निकालेको हो ।

सेभिल्लाका राफा मिरले १२औँ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । त्यसपछि रियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसिअस जुनियरले १-१ गोल गरे ।

आइतबार राति नै भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले कार्डिजलाई ४-१ गोल अन्तरले पराजित गर्‍यो । एथ्लेटिकोको जितमा थोमस लेमार, एन्टोनियो ग्रीजम्यान, एन्जेल कोरिया र म्याथ्युस कोन्हाले १-१ गोल गर्दा काडिजको लागि एन्थोनी लोजानोले सान्त्वना गोल फर्काएका थिए ।

त्यसैगरी लेभान्टेलाई रियल बेटिसले ३-१ गोल अन्तरले हराउँदा भिल्लारियललाई बार्सिलोनाले पनि ३-१ ले नै पराजित गरेको थियो । यस्तै रियल सोसिडाड स्पानियोलसँग १-० ले पराजित हुँदा गेटाफे र मलोर्का बराबरी खेलेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : ४५ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा