मनाङमा हिमपातबाट जोगिन पूर्वतयारी « Khabarhub

मनाङमा हिमपातबाट जोगिन पूर्वतयारी


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मंसिरको सुरुवातसँगै हिमाली जिल्ला मनाङमा पनि चिसो बढ्न थालेको छ । प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ ।

विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ । यस समयमा जिल्लाका विभिन्न ठाउँमा हिउँ पर्छ । मनाङमा अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेको छ । यसैलाई मध्येनजर राख्दै जिल्ला प्रशासन कार्यालय मनाङले हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि मनाङमा पूर्वतयारी सुरु गरेको छ ।

हिमपातले हुन सक्ने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मनाङले पूर्वतयारीको योजना बनाएको छ । हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए ।

‘हिमपातबाट प्रभावित हुन सक्ने जिल्लाका चार गाउँपालिकाको सम्भावित स्थान पहिचान गरेका छौँ,’ आचार्यले भने, ‘हिमपातबाट जिल्लामा विभिन्न समस्या आउन सक्छन् त्यस्तो अवस्थामा थप कार्यायोजना बनाएर अघि बढेका छौँ ।’

चिसो तथा हिमपातबाट मनाङको माथिल्लो मनाङ, टंकी मनाङ, खाङ्सार, हुम्डे, पिसाङ, नार, फू , ढिकुरपोखरी चामेदेखि तल्लो भाग तिमाङ, दानक्यु र बगरछाप लगायत क्षेत्र हिमपातका कारण बढी प्रभावित हुन सक्ने स्थानीय प्रशासनको अनुमान छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : २२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर