चेसको 'महासङ्ग्राम'मा कास्पारोभ र कार्लसनलाई पछ्याउँदै फिराउजा | Khabarhub Khabarhub

चेसको ‘महासङ्ग्राम’मा कास्पारोभ र कार्लसनलाई पछ्याउँदै फिराउजा


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

३० मिनेटपछि  विश्व च्याम्पियनसिप शुरु हुँदै थियो । च्याम्पियनसिप कै अगाडि संयुक्त अरब इमिरेट्सको दुबईमा पत्रकार सम्मेलनको आयोजना भयो । सञ्चारकर्मीहरूको उपस्थितिमा हल खचाखच भरिएको थियो । च्यालेन्जर इयान नेपोमनियाट्चीसँग म्याग्नस कार्लसनको १४ खेल लामो शृङ्खलाको संसारका चेस पारखीले प्रतीक्षा गरिरहेका  थिए ।

पहिलो खेल शुक्रवार तय थियो । यसै गरी, दोस्रो खेल आइतबारका लागि हुने भएपछि दुवै खेलाडी संसारको शीर्ष ताजका लागि तयारी अवस्थामा थिए ।

२.२४ मिलियन अमेरिकी डलर पुरस्कार राशि रहेको यस च्याम्पियनसिप जित्दै विश्व च्याम्पियनको साख आफैसँग राख्न संसारका सर्वकालीन उत्कृष्ट चेस खेलाडी मध्येका एक कार्लसन तयारीमा अवस्थामा थिए ।

यो महामारीको सुरुवातमै तथा फेरि एकपटक अक्टोबर महिनामा नेटफ्लिक्स सिरिज ‘ क्वीन्स ग्याम्बिट’ रिलिज भएको थियो । योसँगै अमेरिकामा चेस सामग्रीको विक्रीमा ८७ प्रतिसतले वृद्धि भएको थियो । मार्केटिङ रिसर्च कम्पनी एनपीडीले जनाएअनुसार चेस पुस्तकको विक्री त झन् ६ सय ३ प्रतिशतले बढेको थियो ।

सन् १९७० मा बबी फीसरको समयपछि चेसले संसारको ध्यान यसरी तानेको यो नै पहिलोपटक हो । के चेस फेरि लोकप्रियताको शिखरमा पुगेको हो ? कार्लसनले उपाधिको रक्षा गर्ने या नगर्ने भन्दा पनि अहिले धेरैलाई यस विषयमा चासो छ ।

सञ्चारमाध्यमसँगको अन्तरवार्ताका क्रममा कार्लसनले चेसको ग्ल्यामर बढेको हो या होइन भन्ने कुरामा आफूलाई प्रस्तुत गर्नै चाहेनन् । उनले यो व्यक्तिगत हेराइमा निर्भर रहने धारणा राखेर पन्छिए ।

मधुर मुस्कानसहितको उनको यो छोटो उत्तरले धेरैले बुझिहाले कि, उनी बोर्डका विषयभन्दा बाहिर अहिले ध्यान दिनै चाहँदैनन् । कार्लसन पन्छिएसँगै धेरैको एउटै विषयमा सहमति थियो, उक्त विश्व च्याम्पियनसिप मनोरञ्जनभन्दा बढी त व्यापार पनि हो ।

पत्रकार सम्मेलन र अन्तरवार्ताका क्रममा कार्लसन केबल औपचारिकता पूरा गर्ने, पन्छिने र फरक किसिमले प्रस्तुत हुने गरेका थिए । उनी यस पत्रकार सम्मेलनमा जसरी प्रस्तुत भए पनि सिङ्गो संसारलाई उनका बारे के थाहा छ भने संसारका युवालाई यस खेलप्रति रुचि बढाउन कार्लसन जत्ति सक्षम अरू हुने छैनन् ।

कार्लसनले आफूले लामो समयदेखि विश्व च्याम्पियनसिप छोटो समयको हुँदा उपयुक्त हुने आवाज उठाइरहेको बताएका छन् । अहिले चेसमा नभएका युवापुस्तालाई छोटो खेलले यसमा आकर्षित गर्न सक्ने उनको मत छ  ।

प्राय:  विश्व च्याम्पियनसिप धेरै लामो समयसम्म हुने गर्छ । खेलको निर्णय पनि टाई ब्रेकबाटै हुने सम्भावना धेरै हुन्छ । किनकि‌, यस तहमा कुनै खेलाडीले कमै गल्ती गर्ने गर्छन् । कार्लसनका पछिल्ला दुई विश्व च्याम्पियनसिपको उपाधिको छिनोफानो पनि टाई ब्रेकबाटै भएको थियो ।

नर्वेका यी ग्रान्डमास्टरले अहिले आफ्नो वास्तविक स्वरूप नेपोमनियाट्चीसँगको खेलमा देखाउने भएका छन् । १५ मिनेट  र त्यो भन्दा छोटो समयमा हुने रेपिड र ब्लीट्ज खेलमा पनि कार्लसनको दबदबा रहेको छ । यसमा कार्लसन नै विश्व च्याम्पियन छन् । उनले पछिल्ला दुई विश्व च्याम्पियनसिपको उपाधि पनि टाई ब्रेकमै जितेका थिए । यस चरणका भिडियो क्लिपहरू भिडियो साइट युट्युबमा अत्यधिक हेरिएका छन् ।

अहिले संसारमै खेलको स्वरूप फेरिएको छ । बढ्दो प्रविधिको विकाससँगै हरेक खेलका खेलाडी र प्रशिक्षकले आफूलाई निखार्न र परिष्कृत गर्ने अवसर पाएका छन् । यसले अन्य सबै खेलमा अझ रोमाञ्चकता थपेको छ । इयर मात्राको कमीले नै त्यो रोमाञ्चता थपेको हो । यो प्राविधिक विकासका कारण चेसले भने अन्य सबै खेलमा उल्टो नियति भोगेको छ ।

अहिलेका शक्तिशाली कम्प्युटरहरूले सेकेन्डमै अरबौँ सम्भाव्य कम्बिनेसनबारे अध्ययन गर्न सक्छन् । यसले खेलाडीलाई तयारी गर्न धेरै सहयोग त गरेको छ । तर, यसले दर्शकलाई भने निराशा दिएको छ ।

गल्ती नै हुन छाडे पछि यसले खेललाई निरस बनाएको हो । कार्लसनकै विचारमा छोटो समयको खेलले यो समस्याको निराकरण गर्ने छ । उनले अन्य व्यक्तिलाई आकर्षित गर्न यो महत्त्वपूर्ण हुनसक्ने बताएका छन् ।

दुबईको विश्व च्याम्पियनकै सेरोफेरोमा संसारको सर्वकालीन उत्कृष्ट चेस खेलाडी को ? भन्ने बहस शुरु भएको छ । कार्लसन यसमा समाहित छन् । लगातार आठ वर्ष विश्व च्याम्पियन भइसकेका उनले लगातार लामो समयको अपराजित यात्राको कीर्तिमान  पनि आफ्नै नाममा लेखाएका छन् ।

लामो समय शीर्ष वरियतामा रहने सवालमा उनी रुसी ग्रान्डमास्टर गेरी कास्पारोभभन्दा चाहिँ पछाडि रहेका छन् ।

‘यदि मैले यो विश्व च्याम्पियन जितेँ भने पनि गेरीले कायम गरेको २० वर्षको दबदबाको नजिक पुग्न अझ धेरै बाँकी रहनेछ,’ कार्लसनले भने, ‘यदि म हारेँ भने पनि रातको निद्रा गुमाउनुपर्ने कुनै कारण नै छैन ।’

यो खेललाई पछ्याउँदै नयाँ खेलाडी पनि नआएका होइनन् । इरानमा जन्मिएका फ्रान्सेली खेलाडी १८ वर्षीय अलि जेरा फिरोउजा सबैभन्दा कम उमेरमा २ हजार ८ सय रेटिङ कटाउने खेलाडीको रूपमा कीर्तिमान राख्न सफल भए । चेस इतिहासमा अहिलेसम्म १४ जनाले मात्र यो उपलब्धि हासिल गरेका छन् ।

कार्लसन नेपोमनियाट्चीसँगको खेलमा विजयी हुने कुरामा धेरै हदसम्म ढुक्क छन् । तर, दोस्रो बरीयतामा फिरोउजासँग कार्लसनको भेट भए त्यस खेलको नतिजा अनुमान गर्नु धेरैका लागि कठिन काम हो । भलै उनी नवौँ स्थानमा झरिसकेका किन नहोऊन्, उनी हेर्न लायक खेलाडी भएकोमा भने शङ्का छैन ।

१४ वर्षको उमेरमा ग्रान्डमास्टर भएका फीरोउजा सन् २०१९ देखि फ्रान्समा रहँदै आएका छन् । उनी यसै वर्ष फ्रान्सेली नागरिक भएका हुन् । सन् २०१५ मा जर्जियामा भएको १० औँ नाना अलेजान्द्रीया कपमा सनसनीपूर्ण प्रदर्शन गरेपछि उनको चर्चा चुलिएको हो । सन् २०१६ मा १२ वर्षकै उमेरमा फीरोउजा इरानका राष्ट्रिय च्याम्पियन भएका हुन् ।

सन् २०१७ मा ८० ग्रान्डमास्टरको सहभागिता रहेको एरोफ्लोट ओपनमा उनले नौ चरणको खेलमा ६ स्कोर गरे । उनको त्यस प्रतियोगितामा रेटिङ परफरमेन्स २ हजार ७ सय ४६ थियो ।

पहिलो ग्रान्डमास्टर नर्म्स पाएका उनीप्रति यो च्याम्पियनसिपलगत्तै संसारको ध्यान तानिएको हो । सन् २०१८ को अप्रिलमा ग्रान्डमास्टर भएका फीरोउजा त्यसै वर्ष भएको एसियन नेसन्स कपमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए ।

सन् २०१९ त उनका लागि अझै सनसनीपूर्ण वर्ष बन्न सफल भयो । जनवरीमा २ हजार ६ सय १८ रेटिङ भएका उनले डिसेम्बरमा २ हजार ७ सय २३ रेटिङ पुर्‍याएका थिए ।

सन् २०२० मा संसारकै पायोनियर मानिएको टाटा स्टिल चेस प्रतियोगितामा उनी सहभागी भएका थिए । यस्तै सन् २०२१ को जनवरीमा भएको टाटा स्टिल मास्टर्समा उनी पाँचौँ भएका थिए ।

सेप्टेम्बर महिना उनका लागि थप सनसनीपूर्ण बन्न सफल भयो । नर्वे चेस सुपर टुर्नामेन्टमा पनि कार्लसनभन्दा पछि रहँदै फिरोउजा दोस्रो स्थानमा रहे । सोही प्रतियोगितामा विश्व च्याम्पियनसिपका च्यालेन्जर नेपोमनियाट्ची र पूर्व च्यालेन्जर सर्जीयो क्रजाकीन उनीभन्दा पछि रहे ।

सोही वर्ष भएको युरोपेली टिम च्याम्पियनसिपमा उनले फ्रान्सको प्रतिनिधित्व गरे । यसै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि फिरोउजाले १८ वर्ष ५ महिनाको उमेरमा २ हजार ८ सय रेटिङ कटाउँदै नयाँ कीर्तिमान कायम गरेका हुन् । यसअघि कार्लसनले १८ वर्ष ३३६ दिनमा २ हजार ८ सय रेटिङ कटाएका थिए ।

‘उनको सफलता विशेष छ । उनी लामो समय चेसको हेर्न लायक खेलाडीको रूपमा उदाएका कुरा धेरैलाई अवगत नै छ । उनी मेरा लागि र अन्य धेरैका लागि हेर्न लायक खेलाडी हुन् । धेरैका लागि उ प्रेरणाको श्रोत पनि बन्न सक्ने छ ,’ नयाँ चेस स्टार फीराउजाका बारे कार्लसनले भनेका छन् ।

अहिलेकै लागि भने कार्लसन नै चेसका बादशाह हुन् ।  दुबईमा हुने दुई साता लामो शृङ्खलामा सफलता पाए उनले आफ्नो साखलाई अझ केही समय कायम राख्नेछन् ।

संसारमा दुई दशक राज गर्ने कास्पारोभ चानचुने व्यक्ति पक्कै होइनन् । उनको उचाइ छुने प्रयासमा थिए, कार्लसन । अब, सायद केही वर्षमै संसारमा यसै सूचीमा फिराउजाको नाम पनि जोडिन सक्नेछ । हुन सक्छ, कास्पारोभ युग र  कार्लसन युगपछि अब फिराउजा युग पनि संसारमा आउन सक्नेछ । त्यो युग कार्लसनले चाहे जस्तै छोटो समयको चेस नै मूलधारको खेल हुनेछ, जसले यस खेलमा रोमाञ्चतकता थप्नेछ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : ३९ बजे

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा

ललितपुरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण 

ललितपुर– ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा