कांग्रेस महाधिवेशन : काठमाडौँका सभापतिमा बानियाँ निर्वाचित « Khabarhub

कांग्रेस महाधिवेशन : काठमाडौँका सभापतिमा बानियाँ निर्वाचित


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरे।

यस्तै, उपसभापतिमा राजकुमार नकर्मी (१८२९) र गोकर्ण केसी (१९२२), सचिवमा इन्द्रबहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) र सहसचिवमा रोमेल श्रेष्ठ (१७७५) र प्रा डा अमिता प्रधान (२०६६) मत ल्याई निर्वाचित भए ।

सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौँ कांग्रेस सभापति थिए । कांग्रेसको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : २२ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५