कांग्रेसको जनसम्पर्क समिति बेलायतमा एकैपटक चार सभापति « Khabarhub

कांग्रेसको जनसम्पर्क समिति बेलायतमा एकैपटक चार सभापति


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – नेपाली कांग्रेसको प्रवासस्थित भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशनले सभापति प्रत्यासी चार जनालाई सभापतिमा निर्वाचित गरेको छ । उनीहरुको कार्यकाल चक्रीय प्रणालीमा एक-एक वर्ष हुने निर्वाचन समितिले जनाएको छ ।

लन्डन साउथ ह्यारोमा भएको समितिको पाँचौ अधिवेशनले उम्मेदवारको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोस्रो वर्ष, कोपिला वनेम लिम्बु तेस्रो वर्ष र युवराज सिंह चौथो वर्ष सभापति हुने गरी निर्वाचित गरिएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनबाट रितेशराज पाण्डे वरिष्ठ उपसभापति चयन भएका छन् भने उपसभापतिमा पाँच जना रिचर्ड गुरुङ, नवराज कार्की, प्रवेश केसी, राज सिटौला र सुवास राई चुनिए । यसअघि सभापति पदमै उम्मेदवारी घोषणा गरेका रिचर्ड गुरुङ सहमति निर्माणका लागि त्याग गर्न तयार भएपछि उनलाई उपसभापतिको जिम्मेवारी दिइएको हो ।

महामन्त्रीमा पनि पाँच जना चुनिएका छन् । जसमा रेशम बस्याल, कुश बस्नेत, रोमियन चेमजोङ, नोर्बु शेर्पा र इन्द्रहाङ लिङ्देन छन् । सहमहामन्त्रीमा रविचन्द्र उप्रेती, गुन्जेश्वर न्यौपाने, सन्जिव राई, उमिरा (उषा) राई, सन्तोषकुमार सुवेदी र रोहित राई चुनिएका छन् ।

सदस्यमा लिलाधर पौडेल, प्रमिला तिवारी भट्टराई, भिमराज राई, बाग्बीर पुन, जंग पुन, विज्ञान प्रसाईं, देवराज राई, किरण राई, बाबुराम भुषाल र पूर्णकुमार मादेन छानिएका समितिले जनाएको छ । अधिवेशनले काठमाडौँमा हुन गइरहेको कांग्रेसको १४औँ महाधिवेशनका लागि प्रतिनिधि पनि चयन गरेको छ ।

बेलायतबाट छानिएका १४ जना महाधिवेशन प्रतिनिधिमा विश्वआदर्श पण्डित, कोपिला वनेम लिम्बु, विज्ञान प्रसाईं, केशबहादुर गुरुङ, इन्द्रहाङ लिङ्देन, तर्कजंग गुरुङ, नरकुमारी लिम्बु, कुमारी गुरुङ, महेश दाहाल, आलेख चौहान, युवराज गुरुङ, विनोद मोक्तान, सूर्य नेम्वाङ र योगेन क्षेत्री छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : ४८ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा