कांग्रेस अधिवेशन : झापामा थेवे बिजयी, सिटौला पक्ष बलियो « Khabarhub

कांग्रेस अधिवेशन : झापामा थेवे बिजयी, सिटौला पक्ष बलियो



झापा- नेपाली कांग्रेसको जिल्ला अधिवेशनका क्रममा झापामा दुई  प्रभावशाली नेताको समर्थनमा दुई प्यानलबीच भएको निर्वाचनमा कृष्णप्रसाद सिटौला पक्षधरको विजयी भएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र नेता सिटौला पक्ष खुलेरै दुई प्यानलमा चुनावी प्रतिष्पर्धामा थियो ।

दुई प्यानल विचको प्रतिष्पर्धाबाट सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । उनले १७६५ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनलाई नेता सिटौलाको समर्थन थियो । उनले आफना प्रतिद्धन्दी रामबहादुर कट्टेललाई २५० को मतान्तरले पराजित गरि जिल्ला सभापतिमा निर्वाचित भए । कटटेलले १५१५ मत प्राप्त गरे ।

यस्तै पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ । मतपरिणाम अनुसार उपसभापतिमा थेवे प्यानलका शेरबहादुर भट्टराई (१६७४), केशवराज पाण्डे (१८८९) मत प्राप्त गरी  निर्वाचित भए । त्यस्तै, सचिवमा नवीन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ मत ल्याएर निर्वाचित भए ।

सहसचिवमा कमल भण्डारी १७६० र कालेन्द्र राजवंशी १७६५ मत प्राप्त गरि निर्वाचित भएको जिल्ला निर्वाचन समितिका संयोजक सुवोध चिलवालले बताए ।

उनका अनुसार उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले १४१५, शमशेर गिरी १२२१, सचिवका उम्मेदवार विश्वदीप लिङ्देनले १४३१, टोमलाल राजबंशीले १३१५ ,सहसचिव पदका उम्मेदवार पदम लिम्बूले १३४७ र उमाराम प्रसाईले १३३७ मत प्राप्त गरेका छन् । पदाधिकारीमा प्यानल नै जितेको थेवे समूहले सदस्यहरुमा समेत वर्चश्व कायम गरेको बताइएको छ ।

गत मंसिर १० गते सम्पन्न निर्वाचनमा ३३११ मत खसेको थियो । जिल्ला नेतृत्वका लागि दुई प्यानल बनाएर निर्वाचनमा होमिएको थियो । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको प्यानलबाट थेवे र विश्वप्रकाश शर्माको प्यानलबाट कट्टेललाई उम्मेदवार बनाइएको थियो ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ५५ बजे

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री