महाठगसँग ज्याकुलिनको सेल्फी तस्वीर भाइरल « Khabarhub

महाठगसँग ज्याकुलिनको सेल्फी तस्वीर भाइरल


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेत्री ज्याकुलिन फर्नान्डिज एकपटक पुनः मनी लन्ड्रिङ मुद्धालाई लिएर चर्चामा आएकी छन् । हालका दिनमा सामाजिक सञ्जालमा ज्याकुलिन र महाठग सुकेश चन्द्रशेखरको तस्वीर भाइरल भइरहेको छ । सेल्फी तस्वीरमा उनीहरुको निकटतालाई प्रष्ट देख्न सकिन्छ ।

सुकेशमाथि २ सय करोडको मनी लन्ड्रिङ गरेको आरोप छ । यो मामलामा इडीले ज्याकुलिनलाई कैयौं पटक सोधपुछ गरिसकेको छ । उनीहरुको सेल्फी तस्वीर अनुसन्धान अधिकारीहरुले फेला पारेका छन् । यो तस्वीर सुकेश अन्तरिम जमानतमा तिहाड जेलबाट बाहिर आएपछि लिइएको हो । जेलबाट बाहिर आएपछि उनी फ्लाइटबाट चेन्नई पुगेका थिए ।

यो तस्वीर चेन्नईको एक पाँचतार होटलमा खिचिएको हो । उनले हातमा लिइएको यो मोबाइल आइफोन १२ प्रो हो । यही फोनमा इजरायलको सिमकार्ड प्रयोग गरेर २ सय करोड रुपैंयाँ असुल उपर गरिएको थियो ।

भाइरल तस्वीरमा ज्याकुलिन र सुकेशको बोण्डिङ निकै राम्रो देखिन्छ । यसअघि ज्याकुलिन सुकेशसँग डेटमा रहेको खबर सार्वजनिक भएको थियो । यद्यपि यो कुराको स्वतन्त्र पुष्टि हुन सकेन ।

सुकेशले आफूलाई चेन्नईको एक ठूलो व्यापारी बताएर ज्याकुलिनसँग सम्बन्ध बढाए । ज्याकुलिनलाई सुकेशले करोडौं रुपैंयाँ पर्ने उपहार पनि दिएका थिए । यहीकारण ज्याकुलिनलाई इडीले पत्र पठाएको थियो । उनलाई आफ्नो बैंक विवरण, सबै क्रेडिट कार्डको ट्रान्जेक्सन विवरण बुझाउन भनिएको थियो ।

सुकेश र उनकी पत्नी अभिनेत्री मारिया पलमाथि २ सय करोड रुपैंयाँको फिरौतीको मामलामा मुद्धा चलिरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया