शंकर पोखरेल महासचिव, श्रीमती र बहिनी एमाले केन्द्रीय सदस्य | Khabarhub Khabarhub

शंकर पोखरेल महासचिव, श्रीमती र बहिनी एमाले केन्द्रीय सदस्य


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन् ।

ओलीले शंकर पोखरेललाई महासचिव बनाएका छन् । मदन भण्डारीले समेत सम्भावना देखेका शंकरलाई ओलीले आफ्नो उत्तराधिकारी बनाएका हुन् ।

ओलीले शंकरकी श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेललाई केन्द्रीय सदस्य बनाएका छन् । मेनका त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छिन् ।

यस्तै, एमाले सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य बनेकी छन् । उनी ओली सरकारमा मन्त्रीसमेत बनेकी थिइन् ।

यसैगरी, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईसमेत केन्द्रीय सदस्य बनेका छन् ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : १० बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’