पाँचौँ चरणको आन्दोलनका कार्यक्रम तय गर्न बार कार्यसमितिको बैठक आज « Khabarhub

पाँचौँ चरणको आन्दोलनका कार्यक्रम तय गर्न बार कार्यसमितिको बैठक आज


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँचौँ चरणको आन्दोलनका कार्यक्रम तय गर्न नेपाल बार एसोशिएसनले आज दिउँसो ३ बजे कार्यसमितिको बैठक बोलाएको छ ।

चौथौ चरणको आन्दोलन गत शुक्रबारसम्मका लागि तोकेको बारले आगामी दिनमा आन्दोलनलाई  कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा ३ बजे कार्यसमितिको बैठक बोलाइएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । बारले नियमित सर्वोच्च अदालतमा गर्दै आएको धर्नाको कार्यक्रम भने यथावत राखेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका कारण न्यायालयमा विकृति विसंगति र भ्रष्टाचारजन्य गतिविधिहरु बढेको भन्दै बारले करिब १ महिनादेखि प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै आएको छ ।

राणालाई महाअभियोग लगाउन आग्रह गर्दै बारका पदाधिकारीहरुले प्रमुख राजीनिक दलका शीर्ष नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाएपनि त्यस तर्फ नेताहरुले खासै चासो देखाएको देखिदैन भने प्रधानन्यायाधीश राणा राजीनामा दिने पक्षमा देखिदैनन् । त्यस्तै बारले पनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म आफ्नो आन्दोलनलाई यथावत राख्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : ५९ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका