एमाले महाधिवेशनबारे माधव नेपालको कटाक्ष : चितवनमा कुम्भ मेला प्रदर्शन (भिडियो) « Khabarhub

एमाले महाधिवेशनबारे माधव नेपालको कटाक्ष : चितवनमा कुम्भ मेला प्रदर्शन (भिडियो)


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालले चितवनमा कुम्भ मेला प्रदर्शन गरेको टिप्पणी गरेको छ ।

राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले फरक मत राख्ने व्यक्तिहरुमाथि चितवनमा भएको अत्याचारले नेकपा एमालले आफ्नो चरित्र प्रदर्शन गरेको आरोप लागाए । उनले नेकपा एमाले दक्षिण पन्थी भासमा भासिएको बताउँदै नेकपा एमाले कम्युनिष्ट पार्टी हुन नसक्ने तर्क गरे।

अध्यक्ष नेपालले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरुबीच गठबन्धन भएको बताउँदै आफूहरुको यात्रा समानता र एकताको यात्रा भएको जिकिर गरे। समाजबाट भेदभाव हटाउन संघर्ष गर्नुपर्ने, समाजमा रहेको छुवाछुत लगायतका कुसंस्कारलाई हटाउन पहल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले समाजमा भएका अन्याय अत्याचारका विरुद्ध लड्न आफ्नो पार्टी स्थापाना भएको बताउँदै राजनीतिक क्षेत्रमा परिवर्तन भए पनि अन्य क्षेत्रमा परिवर्तन बाँकी रहेकाले देशको आमूल परिवर्तनमा सांस्कृतिककर्मीको भूमिका महत्वपूर्ण हुने बताए।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया