कांग्रेस अधिवेशन : बलरामा फेरि झडप « Khabarhub

कांग्रेस अधिवेशन : बलरामा फेरि झडप


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा झडप भएको छ ।

झडपको स्थिति सृजना भएपछि बलरामा सोमवार दिउँसो प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । घटनामा ३ जना सुरक्षाकर्मी, एक जना मतदान अधिकृत र एक कांग्रेस कार्यकर्ता घाईते भएका प्रहरी प्रवक्ता डिएसपी बुडाथोकीले पुष्टि गरे । घाइते हुनेमा प्रहरी निरिक्षक सुरेश ठाकुर, अन्य दुईजना सुरक्षाकर्मीको विवरण खुलेको छैन ।

यस्तै झडपमा बलरा नगरपालिका–८, अचलगडमा मतदान अधिकृतको रुपमा खटिएका उमेश चन्द्र झा र अर्का एक जना नाम ठेगाना नखुलेका कांग्रेस कार्यकर्ता रहेको प्रहरीले जनाएको हो । उनीहरु मध्ये मतदान अधिकृतको झाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था सामान्य छ । उनीहरुलाई प्रहरीले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल मलंगवामा पठाएको छ ।

आइतवार स्थगित भएको वडा अधिवेशन मतदान प्रकृयाबाट गर्ने तयारी भइरहदा, दुई पक्षबीच फरक फरक ठाउँमा गर्ने प्रस्ताव आएको थियो । सोही क्रममा कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य समेत रहेका अम्रेश सिहं पक्षका कार्यकर्ताले मतदान अधिकृतलाई वडा सभापतिको घर लैजान खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार अधिवेशन प्रकृया सुरु भएको स्थानमा मतदान गराउने प्रयास गरेकोे थियो ।

घटना लगतै घाइतेहरु जिल्ला बाहिर रौतहट र भारतको विभिन्न अस्पतालहरुमा समेत पुर्‍याइएको स्थानीयको भनाइ छ । यस कारण प्रारम्भिक विवारणबाट ५ जना खुले पनि, घटनामा अन्य थप घाईते भएको नेता अम्रेस सिहं पक्षको दाबी छ । यता प्रहरीले घाइतेबारे एकिन गर्न नसकेको जनाएको छ । प्रहरी घटनास्थलमा रहेकोले घाइतेको संख्या र अवस्था थाहा भइनसकेको डीएसपी बुढाथोकीले बताए ।

घटना नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रृग्यास र गोली फायर गरेको प्रत्यक्षदर्शीको भनाइ छ । तर, प्रहरीले भने पुष्टि गरेको छैन। जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी कृष्ण प्रसाईसगँ पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेको छैन्। उक्त स्थानका आइतवार विवाद हुदा प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिहंका निजी सुरक्षागार्डले गोली चलाएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : ४० बजे

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा