बलात्कार आरोपमा थुनामा रहेकालाई छुटाइदिन्छु भन्दै २० लाख रुपैयाँ लिएपछि… « Khabarhub

बलात्कार आरोपमा थुनामा रहेकालाई छुटाइदिन्छु भन्दै २० लाख रुपैयाँ लिएपछि…


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलात्कार आरोपमा थुनामा रहेका चिनियाँ नागरिक लिउ यूलाई छुटाइदिन्छु भन्दै रकम उठाउने एक महिला पक्राउ परेकी छन् ।

गत असार १८ गते ठमेलमा एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका थिए । ती चिनियाँ नागरिककी श्रीमती नेपाली हुन् । उनकी श्रीमती कमला भुसाल सहयोग खोजिरहेकी थिइन् । उनलाई काभ्रेकी रविना थापाले पैसा खर्च गरे छुटाउन सकिने विश्वास दिलाइन् । रबिनाले कमलालाई मञ्जु ओलीसँग भेटाइदिइन् ।

उनीहरुले आफ्ना मान्छे वकिल छन्, उनले न्यायाधीश चिनेकाले सेटिङ मिलाइदिन्छु भनेर कमलाबाट २० लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

२० लाख रुपैयाँ दिए पनि आफ्ना श्रीमान नछुटेपछि उनी प्रहरीमा ठगी उजुरी लिएर पुगिन् । प्रहरीले पीडितकै सहयोगमा रबिनालाई पक्राउ गरेको छ। ओली फरार छिन् । उनीविरुद्ध ठगी सम्बन्धी कसूरमा म्याद थप भएर काठमाडौं प्रहरी परिसर, टेकुबाट विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : ४० बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली