वर्षको अन्त्यमा गृष्मकालीन ओलम्पिकको चर्चा | Khabarhub Khabarhub

वर्षको अन्त्यमा गृष्मकालीन ओलम्पिकको चर्चा


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको टोकियोमा भएको गृष्मकालीन ओलम्पिक सन् २०२१ को सबैभन्दा महत्त्वपूर्ण खेल महोत्सव थियो । शायद, समीक्षकको नजरमा संसारमा यस वर्षको खेलकुदको चर्चा गर्दा गृष्मकालीन ओलम्पिककै चर्चा धेरै हुने गर्छ ।

यसै साताबाट हामी नयाँ वर्षमा प्रवेश गर्दैछौँ । नयाँ अध्यायको सुरुवात गर्ने छौ । नयाँ उत्साह थपिने छ । यसै उत्साहका बीच खेलाडीहरूले नयाँ योजना बुन्न थाल्नेछन् । साथमा नयाँ प्रशिक्षण साइकलको सुरुवात हुनेछ ।

गत वर्षको चर्चा गर्दा टोकियोमा २३ जुलाई देखि ८ अगस्टसम्म भएको महोत्सवका स्टार नै यस वर्षका सबैभन्दा ठुला स्टार भएका छन् । सो ओलम्पिकमा सफल प्रदर्शन गरेको केलेब ड्रेसेल र अम्मा म्याककोन वर्षको उत्कृष्ट पौडी खेलाडी घोषित भइसकेका छन् । तर, यसपटकको ओलम्पिकमा बबी फिन्के र ट्युनिसियाका हफनाउको सफलता अन्यको भन्दा विशेष रहेको छ ।

४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका हफनाउको स्वर्ण पदक सम्भवतः त्यस ओलम्पिकको सबैभन्दा आश्चर्यजनक स्वर्ण पदक हो । सो स्पर्धामा अस्ट्रेलियाका ज्याक माउगलीनले रजत तथा अमेरिकाका केयरन स्मिथले कांस्य पदक जितेका थिए ।

यसअघि जुनियर विश्व च्याम्पियनसिप लगायत थुप्रै प्रतियोगितामा सहभागी हफनाउले त्यसपछि भएको सट कोर्स विश्व च्याम्पियनसिपमा सहभागिता जनाए पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

फिन्केका हकमा उनी जुनियर तहदेखि नै बिस्तारै खुड्किलो चढ्दै आएका थिए । यसका बाबजुद ओलम्पिकमा स्वर्ण पदक जित्ने अनुमान कसैको थिएन । ओलम्पिकमा ८ सय र १५ सय मिटरमा फ्रिस्टाइलमा उनले स्वर्ण पदक जितेका हुन् । ८ सय मिटर पहिलो पटक समावेश स्पर्धा थियो भने १५०० मिटरमा अमेरिकाले सन् १९८४ को ओलम्पिकपछि सफलता पाएको हो ।

सन् २०१६ को जुनियर पान प्यासिफिकमा स्टार लामो दुरीको पौडीबाजको रूपमा स्थापित उनी सन् २०१७ को विश्व च्याम्पियनसिपमा २१ औँ भएका थिए । यसपछि सन् २०१९ को युनिभर्सीयाडका लागि छनोट भएका उनले चोटका कारण त्यो प्रतियोगिता गुमाएका थिए । यस बीचमा उनले अमेरिकाको घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि ओलम्पिकमा यस्तो दमदार प्रदर्शनको अनुमान कसैले गरेको थिएन ।

८ सय मिटर पौडीमा अन्तिम ५० मिटर बाँकी रहँदा तेस्रो स्थानमा रहेका उनी त्यो ५० मिटरमा अनुमान गरिए भन्दा धेरे छिटो पौडन सफल भए । यसै गरी, १५०० मिटरमा पनि १४५० मिटर सम्म उनी तेस्रो स्थानमा थिए । त्यो अन्तिम ५० मिटर उनी पौडेको सम्झनेहरू उनी २ सय मिटर देखि १५०० मिटरका सम्मका लागि योग्य ठान्न थालेका छन् ।

पौडीको १ सय मिटर ब्रेस्ट स्ट्रोकमा लेड्ली ज्याकोबीले जितेको स्वर्ण पदक ओलम्पिकको अर्को अप्रत्याशित नतिजाको रूपमा रहेको थियो ।

उपाधि दाबेदार अमेरिकी लिली कीङ प्रतियोगितामा कमजोर साबित भए पछि दक्षिण अफ्रिकाकी टाटीयाना सुनेमेकर स्वाभाविक दाबेदार थिइन् । फाइनलमा पनि पहिलो ५० मिटरमा ज्याकोबी तेस्रो स्थानमा थिइन् । अन्तिम १५ मिटर बाँकी रहँदा उनी दोस्रोमा थिइन् ।

त्यसै ओलम्पिकमा छाएका इटालीका लामोन्ट मार्सेल ज्याकोब्सले पुरुष १०० मिटर दौडमा स्वर्ण पदक जितेर संसारलाई नै आश्चर्यमा पारे । त्यसै ओलम्पिकमा उनले व्यक्तिगत स्वर्ण पदक मात्र जितेनन् । रिलेमा पनि सबैलाई आश्चर्यमा पार्दै इटालीले स्वर्ण पदक हात पारेको थियो ।

यसअघि उनलाई कसैले पनि ओलम्पिकको स्वर्ण पदको दाबेदार मानेका थिएनन् । यो दुवै सफलता इटालीको इतिहास पहिलो हो भने सिङ्गो युरोपकै सवालमा पनि दुर्लभ थियो । सेमिफाइनल सम्मको प्रदर्शनलाई आधार मान्दा ज्याकोब्स दाबेदार थिएनन् ।

सोही ओलम्पिकको महिला ८ सय मिटर दौडमा अमेरिकी टिनएजर एथीङ मूले स्वर्ण पदक जितेकी थिइन् । सन् २०२० को अन्त्यसम्ममा उनलाई कसैले पनि ओलम्पिकको स्वर्ण पदक दाबेदारको रूपमा हेरेका थिएनन् । उनी सन् २०२० को अन्त्यसम्ममा जुनियर तहको प्रतियोगितामा सहभागिता जनाइरहेकी थिइन् ।

त्यसै ओलम्पिकमा पुरुष हाइजम्पतर्फ कतारका मुताज एसा बस्रीम र इटालीका जियान मार्को टाम्बेरीले स्वर्ण पदक जिते । हाई जम्पमा संयुक्त स्वर्ण पदकको यो घटना नै दुर्लभ थियो । यसमा पनि इटालीका टाम्बेरीले स्वर्ण पदक जित्ने अनुमान कमैको थियो । बस्री यस ओलम्पिकका स्वाभाविक दाबेदार थिए ।

त्यसै ओलम्पिकमा मिक्स रिले पहिलो पटक समावेश भएको थियो । सो मिक्स रिलेमा पोल्यान्डले स्वर्ण पदक जितेको थियो । पोल्यान्डको यो सफलता धेरैका लागि अत्यधिक आश्चर्यजनक थियो । त्यसो त यसै ओलम्पिकको एथलेटिक्स स्पर्धामा इटाली र पोल्यान्डको सफलता अस्वभाविक थियो ।

ब्याडमिन्टनमा केही अस्वभाविक परिणाम देखिए । यस ओलम्पिकमा महिला युगको फाइनलमा इन्डोनेसियाका पोलीया र राहयुको जोडीले चिनियाँ जोडी झेन जीयालाई हराउँदै स्वर्ण पदक जित्यो । यो जोडीको सफलता अस्वाभाविक मानिएको छ । प्रतियोगिता अगाडी धेरैले स्वर्ण पदकको दाबेदार मानेको कोरियाको किम र कङको जोडी कास्य पदकमा सीमित भएको थियो । पुरुष युगलमा ली र लीयुको चिनिया जोडीलाई हराउँदै चाइनिज ताइपेइको ली वाङको जोडीले स्वर्ण पदक जितेको थियो । त्यसै ओलम्पिकको अर्को अस्वाभाविक परिणामको रूपमा ब्याडमिन्टनको त्यो सफलता पनि हो ।

जिम्न्यास्टिकको महिला अलराउण्डमा अमेरिकाकी सिमोन वाइल्स भन्दा अन्य कसैले स्वर्ण पदक जित्ने अनुमान कसैको पनि थिएन । वाइल्सलले मानसिक स्वास्थ्य समस्याका कारण यो प्रतियोगितामा धेरै इभेन्ट त्यागेपछि अलराउण्डको स्वर्ण पदक अमेरिकाकै सुनी लीले जितेकी थिइन् ।

महिला फुटबलमा क्यानडाले जितेको स्वर्ण पदक यस ओलम्पिकको अर्को आश्चर्यजनक परिणाम थियो । क्यानडाको जितमा चट्टान जस्तो कठोर रक्षा पत्तिको भूमिका अहम् थियो ।

पुरुष १ सय १० मिटर हर्डल्समा अमेरिकी ग्रान्ट होलवेलाई पछि पार्दै जमैकाका हान्सले पर्चमान्टले जितेको स्वर्ण पदक यस ओलम्पिकको अर्को अस्वाभाविक परिणामको रूपमा रहेको थियो ।

साइक्लिङमा अस्ट्रेलियाका अन्ना किसेहेइफरले जितेको स्वर्ण पदक पनि गत ओलम्पिकको अर्को आश्चर्यजनक परिणाम थियो । कत्तिसम्म भएको थियो भने नेदरल्यान्डकी अन्नामेक भेन भ्लुटेनले पहिले नै ती अपरिचित अस्ट्रेलियाली खेलाडीले बोर्डर लाइन क्रस गरेको थाहा नपाएर रेस जितेको ठानेर खुसीयाली मनाएकी थिइन् ।

ओलम्पिकमै अमेरिकी कुस्तीवाज खेलाडी गाब्ले स्टेभेन्सनले तीन पटकका विश्व च्याम्पियन जेनो प्याट्रेभ्लिीलाई हराएर १२५ केजीको स्वर्ण पदक जिते । रिदमिक जिम्न्यास्टीकमा रुस ओलम्पिक कमिटीलाई पार गर्दै इजरायलकी लेनोइ आश्रमले एकल तथा बुल्गेरियाले टिमको स्वर्ण पदक जिते ।

टेबल टेनिसको मिश्रित युगलमा जापानले चीनलाई हराउँदै स्वर्ण पदक जितेको थियो । यो अर्को सनसनीपूर्ण प्रदर्शन थियो ।

ओलम्पिकका अलावा टेनिसका ग्रान्डस्लाम यस वर्षका प्रमुख प्रतियोगिता थिए । यी प्रतियोगितामै सनसनी फैलाएर स्थापित हुन सफल भइन्, अम्मा राडुकानु । उनले युएस ओपनको उपाधि सहित संसारलाई आश्चर्यमा पारिन् । यसअघि कुनै पनि वरीयता प्राप्त खेलाडीको रूपमा सहभागी नभएकी उनी यो सफलता पाउने पहिले क्वालिफायर खेलाडी हुन् ।

उपाधि जित्ने क्रममा उनले फाइनलमा क्यानडाकी ललाह फर्नान्डेजलाई हराएकी हुन् । २००४ मा मारिया सारोपोभाले विम्बल्डन जिते यता मेजर प्रतियोगिताको उपाधि जित्ने उनी सबैभन्दा कम उमेरकी खेलाडी भएकी हुन् ।

यसवर्ष अन्य धेरै खेलमा धेरै त्यस्ता नसोचिएका परिणाम देखिएका हुन सक्छन् । तर, सबैभन्दा आश्चर्यजनक र नसोचिएको सफलता भने टेनिसमा नै देखिएको थियो ।

युएस ओपनको इतिहासमा पहिलो पटक वरीयता नरहेका दुई खेलाडी यस पटक फाइनल प्रवेश गरेका थिए । फर्नान्डेजले यसपटक स्टार खेलाडी नाओमी ओसकालाई हराएकी थिइन् । साबिक विजेताको रूपमा सहभागी ओसका फर्नान्डेजसँग पराजित हुनु अगाडिसम्म सबैको नजरमा प्रबल दाबेदार थिइन् ।

त्यसो त धेरै खेल समीक्षकले यस वर्षको प्रमुख आश्चर्यजनक परिणामको रूपमा फ्रेन्च ओपनको चोथो चरणमा २१ औ बरीयताकी राइबाकीनासँग सेरेना विलियम्सको हारलाई पनि व्याख्या गर्ने गरेका छन् ।

युएस ओपनको फाइनलमा भने दुई किशोरी उपाधिका लागि भिडन्त गरिरहँदा पुरुषतर्फ शीर्ष वरियताका स्टार नोभाक जोकोभीक पनि फाइनल प्रवेश गरेका थिए । जोकोभीकले नै उपाधि जित्ने अनुमान धेरैको थियो । सन् १९६९ मा रेड लेभर पछि एकै सिजनमा चार ग्रान्डस्लाम उपाधि जित्ने जोकोभिकको अभियानमा डानीयल मेदभेदेभ सबैभन्दा ठूलो अवरोध बने । मेदभेदभसँगको हारपछि नै जाकोभीकको सपना तुहिएको थियो ।

ओलम्पिकमै उपाधि दाबेदार घरेलु खेलाडी नाओमी ओसकाको तेस्रो चरणमा भएको मार्केटा भोन्डुरोसासँगको हार यस वर्षको अर्को प्रमुख अपसेट नतिजाको रूपमा चिनिन पुग्यो । ओलम्पिकमै जोकोभीक पनि पदकविहीन भएका थिए । यो पनि अर्को अस्वाभाविक नतिजा थियो ।

वर्षको अन्त्य र नयाँ वर्षको सुरुवातसँगै हुने थुप्रै प्रतियोगितामा गएका वर्ष सबैलाई आश्चर्यमा पार्दै सफलता पाएका यी खेलाडीको प्रदर्शन कस्तो रहने हो त्यो त प्रतीक्षाकै विषय हुने छ । परन्तु यी सबै वर्ष २०२२ मा पनि सफल हुने अपेक्षा गर्न सकिन्छ ।

–एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ९ : ५२ बजे

संघीय निजामती कानून यसै अधिवेशनबाट पारित गर्ने लक्ष्य 

काठमाडौं– सरकारले संघीय निजामती कानून यसै अधिवेशनबाट पारित गरी कार्यान्वयन

बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई १ अर्ब ५० करोड विनियोजन

काठमाडौं– सरकारले बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई १ अर्ब ५० करोड विनियोजन

सहकारी ठगी छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन

काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि सरकारले संसदीय समिति गठन

शान्ति कोष स्थापनाका लागि १ अर्ब विनियोजन

काठमाडौं– सरकारले शान्ति कोष स्थापना गर्न आगामी आर्थिक वर्ष २०८१-०८२

आगामी बजेटमा बजेटरी सुधारको संकेत देखिएन : कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा बजेटरी