पाँचथरको फालेलुङमा आगलागी : एकै परिवारका तीन घर जले | Khabarhub Khabarhub

पाँचथरको फालेलुङमा आगलागी : एकै परिवारका तीन घर जले


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिका-३ ताङ्लेपामा आगलागी हुँदा तीनवटा घर जलेका छन् ।

ताङ्लेपाका पूर्णबहादुर केरुङको भान्साघरबाट मंगलबार मध्यरातदेखि सुरु भएको आगलागी केरुङकै अन्य दुई घर फैलिएको थियो ।

काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न नपाउँदै अन्य घरमा सल्किँदा घरमा भएका सम्पूर्ण मालसामान, लत्ताकपडा, नगद तथा गरगहना जलेको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ ।

आगलागी बिहान १० बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो । आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  २ : १५ बजे

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन