९१ ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा (सूचीसहित) « Khabarhub

९१ ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा (सूचीसहित)


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९१ जना ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ ।

मंसिर मसान्तसम्ममा १५ जना ऋणीलाई दुई अर्ब ४५ करोड ७८ लाख विशेष पुनर्कर्जा र ७६ ऋणीलाई नौ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ साधारण पुनर्कर्जा स्वीकृत भएको छ ।

ऋणीहरूले विभिन्न २७ बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जा लिएको राष्ट्र बैंंकले जनाएको छ । पुनर्कर्जामध्ये बाग्मती प्रदेशमा ४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०.३८ प्रतिशत वितरण भएको छ ।

यसैगरी क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन क्षेत्रका लागि करिब ५२ प्रतिशत पुनर्कर्जा प्रदान गरिएको छ । यस्तै जलविद्युतका लागि २० प्रतिशत र उत्पादनमूलक साढे १६ प्रतिशत गएको र शिक्षाका लागि ७ प्रतिशत कर्जा वितरण गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कोभिड १९ बाट प्रभावित उत्पादनमूलक उद्योगहरूका लागि राष्ट्र बैंकले पुनर्कर्जा दिएको हो । पुनर्कर्जाको व्याजदर साधारणको ५ प्रतिशत र विशेषको ३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ४ : २८ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित