सप्तकोशी बैंक घोटला प्रकरण : सीईओसहित थप दुईजना कर्मचारी पक्राउ « Khabarhub

सप्तकोशी बैंक घोटला प्रकरण : सीईओसहित थप दुईजना कर्मचारी पक्राउ


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सप्तकोशी डेभलपमेन्ट बैंकको घोटला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सुवेदी पक्राउ परेका छन् । सुवेदीलाई बुधबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको छ ।

उनीसँगै अधिकृत अमित थापा मगर र बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । बैंकको रेमिट्यान्सको १६ करोड रकम हिनामिना गरेको आरोप उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले बताए ।

बैंकबाट गायव रकममध्ये अधिकांश रकम सीईओकै आफन्तको खातामा रहेको पाइएपछि उनलाई प्रहरीले नियनत्रणमा लिएको हो । बैंकको नाफा बापतको १६ करोड रुपैयाँ आफन्तको नाममा बैंककै कर्मचारीले निकालेको खुलेको स्रोतले जनाएको छ ।

विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख रहेका हिमाल भट्टराई रकम हिनामिना गरेको आरोपमा यस अघिनै पक्राउ परिसकेका छन् ।

नविन सुवेदीकी ठूलो बुवाकी छोरी झापाको गौरादहकी वविता सुवेदीको नाममा १४ करोड रुपैयाँ निकालेको देखिएको एक सञ्चालकले जानकारी दिए । सुवेदी र पक्राउ परेका भट्टराई मामा–फुपुका छोरा दाजुभाइ हुन् ।

वविताको नाममा रहेका ९९९००००१५००१५ नम्बरको बचत खातामा ५ वर्षदेखि सन् २०१६ देखि २०२१ अगस्त २ सम्ममा १४ करोड रुपैयाँ बढी रकम जम्मा भएको देखिएपछि सुवेदी समेत शंकाको घेरामा परेका थिए । सुवेदीले भाउजु भगवती सुवेदीको ९९९००००८९२०१ नम्बरको बचत खातामा पनि विभिन्न मितिमा रकम जम्मा गरेको देखिएको थियो ।

सुवेदीका साला साजन पोखरेलकी जेठी सासु बानी पोखरेल र बैंकका एचआर प्रमुख परमा काफ्लेको खातामा पनि पैसा जम्मा भएको देखिएको जनाइएको छ ।

बैंकमा अनियमितता बढ्दै गएपछि बैंककै एक कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्र बैंकले पत्राचार गरेपछि मात्रै बैंकको नाफा रकम हिनामिना भएको सञ्चालक समितिले थाहा भएको थियो । रकम हिनामिना भएको पत्र राष्ट्र बैंकले पठाएपछि सञ्चालक समिति अध्यक्ष निरौलालाई हटाएर डा अर्जुन बराललाई पुस १ गतेदेखि अध्यक्ष तोकिएको छ ।

प्रहरीले मंसिर १९ गते भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सीईओ सुवेदीले आफैंले जीएसडी प्रमुख भट्टराईविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् । नेपाल राष्ट्र बैंक र प्रहरीको सेन्ट्रल इन्भेस्टिगेसन ब्यूरोले पनि अनुसन्धान गरिरहेको बैंकले जनाएको छ ।

विभिन्न निकायले अनुसन्धान गरिरहेको हुँदा अनियमिततामा क–कसको संलग्नता छ भन्ने अनुसन्धान सकिएपछि मात्रै भन्न सकिने बरालले बताए । बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष बरालले बताए ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । बैंकका १ नम्बर प्रदेशभर ३६ शाखा कार्यालय छन् । न्यूजकारखना

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ९ : ४० बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट