हिमपातले हुुम्लाको जनजीवन कष्टकर, हवाई सेवा पनि अवरुद्ध « Khabarhub

हिमपातले हुुम्लाको जनजीवन कष्टकर, हवाई सेवा पनि अवरुद्ध


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– बुधबार बिहानदेखि हुम्लामा भारी हिमपात हुँदा हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध भएको छ ।

नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका तारा, सिता, समिट एयरको उडान प्रभावित भएको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, तरकारी, बजार व्यवसायीहरुको सामाग्री ढुवानी हुन सकेको छैन ।

भारी हिमपातले सात गाउँपालिका रहेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट सहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ । बुधबार बिहानदेखि लगातार परेको हिमपातले हुम्ला जिल्लाका डाँडाकाडा सेताम्या भएको छ ।

उत्तरी नाम्खाको जनजीवन प्रभावित

हिमाली जिल्लाको हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको जनजिवन प्रभाबित मात्र नभई पशु चरी चराउनमा समेत समस्या भएको छ । लिमी, मुचु यारीका स्थानीय वासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ ।

नाम्खा गाउँपालिकाको लिमि, मुचु, लगायतका क्षेत्रमा ४ फिट हिउँ जमेको यारीका स्थानीय सुनाम तामाङले बताए ।

मुचुका खोलामा पानी जमेको छ । ‘नाम्खा गाउँ बाटो घाटो सबैतिरको पानी समेत जमेर पूरै ठोस भएको छ । जाडेले घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा जमेका छन्’, तामाङले भने ।

हुम्ला जिल्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ । तापक्रम माइनस १२ डिग्री भन्दा तल झरेको छ । अत्याधिक चिसो र हिमपात भैरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँहरु समेत सुनसान जस्तै देखिएका छन् । निरन्तर रुपमा हिउँसँगैको अत्याधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।

सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई पनि काम गर्न थप समस्या भएको छ । जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा चिसोले काम गर्न समस्या भएको कर्मचारीहरुले बताए ।

व्यवसया सञ्चालन आगोको साहारा

सिमकोटमा रहेका व्यवसायीहरुले आगोको साहारामा व्यवसाय सञ्चालन गरिरहेका छन् । आगो ताप्दै पसल व्यवसाय गरिरहेको व्यवसायी रतन सुनारले बताए। पसलहरुमा ग्राहकहरु कम उपस्थित भए पनि शरीरलाई न्यानो बनाई राख्नका लागि आगोको सहायताले दिन कटाएको सुनारले बताए ।

पानी र हिमपातसँगै हुम्ला जिल्लाभरका सबै सामुदायिक तथा निजी विद्यालय बुधबार दिन बन्द रहे । चिसोले समस्या बनाएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो । सिमकोटमा रहेका सामुदायिक विद्यालयहरुमा यतिबेला अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । न्यूजकारखाना

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १० : ४४ बजे

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका