चिसोमा किन दुख्छ ढाड ? यसरी गर्नुहोस् उपचार « Khabarhub

चिसोमा किन दुख्छ ढाड ? यसरी गर्नुहोस् उपचार


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकांश मानिसमा ढाड अर्थात कम्मरको दुखाइ छ । चिसो मौसममा त यस्तो समस्या झन धेरै हुन्छ । कम्मर, ढाड अर्थात् पिठ्यू जो शरीरको खम्बा हो त्यसले पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ ।

कम्मरमा हुने लचकताले नै शरीर बलियो र लचिलो हुने गर्दछ । तर अधिकाशं मानिस कम्मर दुखाईका कारण निकै असहज जीवनयापन गर्न बाध्य हुने गरेका छन् ।

किन दुख्छ ?

यसरी कम्मर दुख्नुको मुख्य कारण भनेको मानिसको अब्यवस्थित जीवनशैली र खानपान नै हो । सामान्यतया कम्मरमा असर पर्ने काम गरेमा, धेरैबेर निहुरिएमा, अगाडि पछाडि धेरै झुकेमा, भारी सामान बोकेमा, गर्धन झुकाएर बसेमा र सुताई नमिलेमा पनि कम्मर दुख्ने गर्दछ ।

यसका अलावा एकैनासको बसाईमा सवारी चलाउँदा, मोटोपनाले नसा च्यापिदाँ, उचाई अनुसार तौल नमिल्दा कम्मर दुख्ने गर्दछ । यसरी दुख्ने कम्मर कसैको बीच भागमा त कसैको दायाँ भागमा दुख्ने हुन्छ ।

कम्मर दुख्दा खुट्टासम्म झमझम गर्ने र धेरै दुखेमा खुट्टाले टेक्न ग्राहो समेत हुन्छ ।

कसरी कम गर्ने ?

कम्मर दुःखाई हुन नदिन उचित आहार तथा जीवनशैली व्यवस्थित हुनुपर्छ । सकेसम्म दैनिक आधा घण्टा विश्राम गर्नुपर्छ ।

लामो समय काम गरे पछि केहिबेर आराम गर्नुपर्छ । असहज बसाईपछि हातगोडा तन्काउने तथा केहि बेर हिडडुल गर्नुपर्छ । यसो गर्नाले ढाड, पाता, गर्धन र कम्मरका नसा सिधा हुन्छन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ६ : ०५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा