विश्वभर ७ करोड ४३ लाखले जिते कोरोना, २२ लाख संक्रमितको मृत्यु « Khabarhub

विश्वभर ७ करोड ४३ लाखले जिते कोरोना, २२ लाख संक्रमितको मृत्यु


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर ७ करोड ४३ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

शनिबार बिहान यो समाचार तयार पर्दासम्म ७ करोड ४३ लाख ३ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुनेको दर ७२.४२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ८०३ जना निको भएका छन् ।

कुल संक्रमितको २५.४२ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ६० लाख ७४ हजार ७६९ छ । यसमध्ये १ लाख ९ हजार २१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ७३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड २५ लाख ९२ हजार ७७३ पुगेको छ ।

यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५३१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२ लाख १४ हजार ३२६ पुगेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१६ प्रतिशत हो ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । अमेरिकामा २ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाख ४७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ७ : २४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले