साढे साती दशाले कुन राशिलाई के गर्छ असर ? « Khabarhub

साढे साती दशाले कुन राशिलाई के गर्छ असर ?


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साढे सातको दशाले पिरोल्ने ज्योतिषीहरू बताउँछन् । साढे सातीको अन्तिम वर्ष र कुण्डलीमा शनी उच्च भएको अवस्थामा भने त्यसले केही फल पनि दिने बताइन्छ । विभिन्न ज्योतिषीहरूले बताएका तथा विभिन्न ग्रन्थहरूमा प्रकाशित भएका विद्वानहरूले बताएका आधारमा हामीले राशि अनुसार साढे साती दशाले पार्ने असर यहाँ प्रस्तुत गरेका छौँ-

– मेष राशिमा शनिको साढे सातको समस्या देखा परेमा कामको तनाव र चिन्ता बढी हुने भएकाले कुनै पनि निर्णय हतारमा नलिनू ।

– वृष राशिमा शनिको साढे सातको समस्या देखा परेमा कुनै कुराको थालनी पूर्व आफन्त वा विश्वासी नाताका मानिससंग सल्लाह लिनू ।

– मिथुन राशिमा शनिको साढे सातको समस्या देखा परेमा आर्थिक विषयमा सोचविचार गर्नू ।

– कर्कट राशिमा शनिको साढे सातको समस्या देखा परेमा जान्नेबुझ्ने जानकार व्यक्तिसँग परामर्श गरेर अघि बढ्नू ।

– सिंह राशिमा शनिको साढे सातको समस्या देखा परेमा कुनै पनि सवारी साधन प्रयोग गर्दा होस पुर्‍याउनू ।

– कन्या राशिमा शनिको साढे सातको समस्या देखा परेमा नहतारीकन सुझबुझका साथ काम गर्नू ।

– तुला राशिमा शनिको साढे सातको समस्या देखा परेमा प्राप्त भएको धनसमेत हातबाट फुत्कने भएकोले ख्याल पुर्याउनू ।

– वृश्चिकमा शनिको साढे सातको समस्या देखा परेमा अपजस तथा अवरोध खेप्नुपर्ने भएकोले होसीयारी हुनू ।

– धनु राशिमा शनिको साढे सातको समस्या देखा परेमा मेहनत अनुसारको फल पाउन सकिन्न । शंका गर्नेहरु बढ्छन् । बेचैनी बढ्छ । विवाद झेल्नुपर्छ । सचेत हुनू ।

– मकर राशिमा साढे सातको समस्या देखा परेमा ठुलो निर्णय लिनु चुक्नुहुने हुँदा सुझाव लिएर काम गर्नू

– कुम्भ राशिमा साढे सातको समस्या देखा परेमा खुट्टा तान्नेहरु सक्रिय हुने भएकोले शनिलाई प्रसन्न गराउर्नू

– मीन राशिमा साढे सातको समस्या देखा परेमा भाग्य अनुकूलता नभएमा जस्तो मेहनत गरेमा पनि बनेको काम फूत्कन्छ ।

शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ४० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते