कतारमा ५० हजार मानिसले लगाए कोरोनाविरूद्धको खोप « Khabarhub

कतारमा ५० हजार मानिसले लगाए कोरोनाविरूद्धको खोप


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा कोरोना खोप सुरु भएदेखि अहिलेसम्म ५० हजार मानिसले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

खोप लगाउन ९० हजार भन्दा बढीले नाम दर्ता गराएको कतारको प्राथमिक स्वास्थ्य सेवा बिभागका प्रबन्ध निर्देशक डा. मरियम अब्दुलमालिकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी छन् ।

साथै अब १० दिन भित्रमा मोडर्ना कम्पनीको कोरोनाविरूद्धको खोप पनि कतार आइपुग्ने जनाइएको छ ।

खोप अभियान जारी रहे पनि कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्न हामद अस्पतालका सरुवा रोग विभागका प्रमुख डा.अब्दुल्लातिफ अल खालले बताए ।कतारमा कोरोनाको दोस्रो लहर सुरु हुन सक्नेसमेत उनले बताए ।

सन् २०२१ को अन्त्य सम्ममा चार चरणमा  कतारमा बसोबास गर्ने सबैलाई कोरोनाविरूद्ध खोप लगाईसक्ने जनाइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : २० बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन