हरि चौहानको अर्धशतकमा एपीएफलाई २१२ रनको लक्ष्य « Khabarhub

हरि चौहानको अर्धशतकमा एपीएफलाई २१२ रनको लक्ष्य


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरि चौहानको अर्धशकिय इनिङ्समा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१२ रनको लक्ष्य दिएको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको फाइनलमा आर्मीले निर्धारित पुरा ओभरको खेल खेल्दै ९ विकेट गुमाएर २११ रन बनाएको हो ।

एपीएफविरुद्धको फाइनलमा आर्मीले नयाँ रणनीति अपनाएको थियो । जसमा उसले आफ्नो टेल एन्डर ब्याट्सम्यान सुशन भारीलाई ओपनिङमा पठाएको थियो । उनीसँग अनिल मण्डलले ओपनिङ गरेका थिए ।

आर्मीले बिहान विकेटको अवस्था अनुसार ब्याटिङ रणनीति बनाएको थियो । जसमा ओपनर द्वयले दोहोरो अंकको रन बनाएर ९ ओभरसम्म खेलेका थिए । सुशनले १३ रन र अनिल ११ रनमा आउट भएका थिए ।

आर्मीका लागि सर्वाधिक रन बनाएका हरि चौहानले कम योगफलमा रहेको आर्मीको ब्याटिङ माथि उकासेका थिए । जसमा उनले १०२ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ५८ रन बनाए । यस्तै, आर्मीका राजेश पुलामी मगरले २९ बलको सामना गर्दै २ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।

आर्मीको आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका लोकेश बमले आक्रामक ब्याटिङ गर्ने प्रयास गरेका थिए । तर, ९ लबमा १५ रन बनाएर खेलिरहेका उनलाई अभिनाष बोहराले किशोर महतोमार्फत क्याच गराए ।

यस्तै, रोहित पौडेलले ३० बलको सामना गर्दै ३० रन, ३६ बलको सामना गरेका भिम सार्कीले ७ रन, बिक्रम शोवले ११ रन बनाए भने साहब आलमले २१ रन प्रहार गरे ।

टस जितेर फिल्डिङ रोजेको एपीएफका लागि अभिनाष बोहराले उत्कृष्ट बलिङ गरे । उनले ९ ओेभर बलिङ गर्दै २ मेडन ओभरसहित २५ रन खर्चेर ४ विकेट लिएका छन् । यस्तै, एपीएफका भुवन कार्कीले १० ओभर बलिङ गर्दै २६ रन खर्चेर १ विकेट लिए भने कमलसिंह ऐरीले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ३४ रन खर्चेर १ विकेट लिए । किशोर महतोले १० ओभर बलिङ गर्दै ५३ रन खर्चेर २ विकेट, शरद भेषवकरले एक विकेट लिए ।

प्रधानमन्त्री कपको विजेता टोलीले १० लाख पाउनेछ भने उपविजेता टोलीले ५ लाख पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् भने उत्कृष्ट बलर–व्याट्सम्यानले समान २५ हजार पाउनेछन ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १२ : ५० बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली