लड प्यालेसमा गुञ्जिए नविन, मिलन र राजन « Khabarhub

लड प्यालेसमा गुञ्जिए नविन, मिलन र राजन


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका मिलन नेवार र गायकद्वय नविन पौडेल तथा राजनराज सिवाकोटी काठमाडौंको टोखास्थित लड प्यालेस ब्याङ्केटमा गुञ्जिएका छन् । ब्याङ्केट उद्घाटनमा आयोजित विशेष सांगीतिक कार्यक्रममा उनीहरुले गीत संगीतको प्रस्तुति मार्फत दर्शक नचाए ।

कार्यक्रममा गायक पौडेलले ‘लेउ खुकुरी लेउ’, ‘बुलाकी लाउने, झुम्का लाउने’ बोलको गीत गाउदा गायिका नेवारले ‘जहिले सम्म’, ‘सिरिमा सिरि हावा’ लगायत करिब आधा दर्जन गीत सुनाइन् ।

गायक तथा संगीतकार राजनराज सिवाकोटीले ‘चेप्टे चेप्टे पेरुङ्गा’, ‘सुर्के थैली’, ‘कुटुमा कुटु’, ‘टाकन टुकुन टाक्क’, ‘गोजीमा दाम छैन’ लगायत आधा दर्जन बढी गीतसंगीत पस्केका थिए ।

कलाकार सुवास खड्काले सञ्चालनमा ल्याएको लड प्यालेस ब्याङ्केट शुक्रबार नै उद्घाटन भएको थियो । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरेका थिए ।

सुवासका अनुसार ब्याङ्केटमा फोटो तथा भिडियो, म्युजिक सिस्टम, ब्युटिसियन, व्यावसायिक इभेन्ट म्यानेजमेन्टका लगायत थुप्रै सुविधा छन् । थुपै्र म्युजिक भिडियो तथा फिल्ममा समेत अभिनय गरेका सुवासले ब्यवसायमा पनि आफुलाई सक्रिय राख्दै आएका छन् ।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, कलाकार कृष्ण मल्ल, मदनदास श्रेष्ठ, अभिनेत्री रेजिना उप्रेती, हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’, लोक तथा दोहोरी गायक चन्द्र शर्मालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : २० बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको