संसद् बैठक बोलाएर ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ : प्रचण्ड | Khabarhub Khabarhub

संसद् बैठक बोलाएर ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ : प्रचण्ड


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने दाबी गरेका छन् ।

शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभामा उनले सभामुखले बैठक बोलाउने र दुईतिहाइ सांसद्ले प्रधानमन्त्रीलाई कारबाही गर्ने बताएका हुन । विघटित प्रतिनिधिसभाका अधिकांश सांसद् संसद् पुनःस्थापनाको पक्षमा रहेको बताउँदै उनले संसद बैठक बोलाएर ओलीलाई कारबाही गर्ने तागद आफूहरुसँग भएको उनले जिकिर गरे ।

नेपालको संविधानले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताउँदै उनले संसद् विघटन नभएको तर्क गरे ।

‘संसद् भंग भएको छैन । संविधानलाई कुल्चेर भंग भयो भन्दैमा हामीले मान्नुपर्ने छ र ?’,उनले भने, ‘केपी सरकार विघटन भयो भन्ने मेरो भनाइ छ ।’

संसद विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको हुँदा न्यायालयले उचित फैसला गर्नेमा आफू ढुक्क रहेको बताए । उनले सर्वोच्च अदालतले सही निर्णय गर्ने भएकाले अहिले नै प्रतिनिधिसभाको बैठक नबसेको बताए।

प्रधानमन्त्री ओलीले सार्वभौम नेपाली जनताको प्रतिनिधिमार्फत घोषणा भएको संविधानमाथि हमला गरेको उल्लेख गर्दै दाहालले सबैलाई सडकमा उत्रिन आग्रह गरे।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ४ : ०५ बजे

‘मिरमिरे’मा प्रकाश र दयाहाङको पहिलो सहकार्य हुने पक्का, नायिका को ?

काठमाडौं – यम शेर्पाको लेखन र निर्देशनमा बन्ने फिल्म ‘मिरमिरे’मा

नेपालमा दन्त चिकित्सकको आवश्यकता, महत्त्व र माग निकै ठूलो छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरूको आवश्यकता, महत्त्व र

केपी ओलीलाई विद्या भण्डारीको जवाफ- म हिजो एमालेमै थिएँ, कार्यकर्ता भेट्न कसैको अनुमति लिनु पर्दैन

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी केही दिन नेकपा (एमाले)का अध्यक्ष केपी

संघीयताबारे गोकुल बास्कोटाको टिप्पणी- आफूले बोकेको भारीले आफैँलाई नथिचोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद

गुप्तेश्वर गुफामा पर्यटकको वृद्धि

गण्डकी– ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग