प्रधानमन्त्री कप क्रिकेट : ईमर्जिङ खेलाडी बने विवेक, म्यान अफ दि सिरिज कमललाई « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : ईमर्जिङ खेलाडी बने विवेक, म्यान अफ दि सिरिज कमललाई


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा ईमर्जिङ खेलाडीको पुरस्कार प्रदेश नम्बर २ का खेलाडी विवेक यादवले जितेको छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत आयोजना गरेको प्रतियोगिता शनिबार त्रिभुवन आर्मी क्लबलाई उपधि सुम्पिँदै समापन भएको छ। समापन कार्यक्रम यादवले ईमर्जिङ खेलाडी अवार्डबाट सम्मानित भए।

उनले २५ हजार पुरस्कार रकम प्राप्त गरेका छन्। यस्तै प्रतियोगितामा उत्कृष्ट बलिङ गरेका च्याम्पियन टोली आर्मीका साहब आलमले उत्कृष्ट बलरको पुरस्कार प्राप्त गरे भने उत्कृय्ट ब्याट्सम्यान बागमती प्रदेशका पृथु बास्कोटाले जितेका छन्।

बास्कोटा र आलमले समान २५ हजार पुरस्कार राशि प्राप्त गरेका छन्। म्यान अफ दि सिरिज भने सशस्त्र प्रहरी बल एपीएफका कमलसिंह ऐरीले प्राप्त गरेका छन्। उनले ५० हजार प्राप्त गरेका छन्।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : ५८ बजे

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ