क्रिकेट रंगशाला निर्माण सहयोगार्थ ‘स्टार क्रिकेट २०२१’ हुँदै « Khabarhub

क्रिकेट रंगशाला निर्माण सहयोगार्थ ‘स्टार क्रिकेट २०२१’ हुँदै


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ ‘स्टार क्रिकेट २०२१’ हुने भएको छ ।

गृष्मा ब्रोडकास्टिङको आयोजनामा निर्माणाधीन रंगशालामा आगामी माघ २४ गते क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

आयोजकका अनुसार नेपाली फिल्म, संगति र खेलकुदका २२–२२ जनाको समूहमा क्रिकेट टिम निर्माण गरिनेछ । जसमा एक टिमको नेतृत्व सीताराम कट्टेल ‘धुर्मुस’ र अर्को टिमको नेतृत्व कुञ्जना घिमिरे ‘सुन्तली’ले गर्नेछन् ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन् ।

प्रतियोगिताबाट उठेको सम्पूर्ण रकम रंगशाला निर्माणमा प्रदान गरिने आयोजक संस्थाका प्रमुख गेहेन्द्र घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : ३८ बजे

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध