मेगा बैंकबाट रिक्सा चालकलाई रिक्सा नै धितो राखी कर्जा दिने सुविधा « Khabarhub

मेगा बैंकबाट रिक्सा चालकलाई रिक्सा नै धितो राखी कर्जा दिने सुविधा


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरूका लागि विशेष सुविधा ल्याएको छ ।

मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरूका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो ।

सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे । विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरूलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो । रिक्सा चालकहरूले आफ्नै स्वामित्वमा तीन पाङग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्नुपर्नेछ । त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ ।

मेगा बैंककी सिइओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिहरूलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढंगले सर्वसुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने बताइन् ।

नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकहरूलाई मेगा बैंकले यो कर्जा प्रदान गर्नेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ३ : ४३ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ