भारतीय सेनाले सहयोग गरेको १ लाख डोज खोप नेपाली सेनालाई हस्तान्तरण « Khabarhub

भारतीय सेनाले सहयोग गरेको १ लाख डोज खोप नेपाली सेनालाई हस्तान्तरण


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाले सहयोग गरेको एक लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाको मुख्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त खोप औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले भिडियो कन्फरेन्समार्फत उक्त भ्याक्सिन प्रधानसेनापति पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उक्त खोप प्रधानसेनापति थापलाई हस्तान्तरण गरेका हुन् ।

उक्त खोप हस्तान्तरण कार्यक्रममा जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारत सरकारको नीति अनुसार नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

कार्यक्रममा प्रधानसेनापति थापाले यस सहयोगको लागि जनरल नरवणे, भारतीय सेना तथा भारतिय सेनाको सकल दर्जालाई धन्यवाद ज्ञापन गरे । यस सहयोगले नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने, महामारी बिरुद्धको लडाइमा नेपाली सेना अझ बढी प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने बताए ।

कोरोनाको विषम परिस्थितिमा भारतीय सहयोगले दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ बढी प्रगाढ भएको उनले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : १० बजे

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको