भारतीय सेनाले सहयोग गरेको १ लाख डोज खोप नेपाली सेनालाई हस्तान्तरण « Khabarhub

भारतीय सेनाले सहयोग गरेको १ लाख डोज खोप नेपाली सेनालाई हस्तान्तरण


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाले सहयोग गरेको एक लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाको मुख्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त खोप औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले भिडियो कन्फरेन्समार्फत उक्त भ्याक्सिन प्रधानसेनापति पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उक्त खोप प्रधानसेनापति थापलाई हस्तान्तरण गरेका हुन् ।

उक्त खोप हस्तान्तरण कार्यक्रममा जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारत सरकारको नीति अनुसार नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

कार्यक्रममा प्रधानसेनापति थापाले यस सहयोगको लागि जनरल नरवणे, भारतीय सेना तथा भारतिय सेनाको सकल दर्जालाई धन्यवाद ज्ञापन गरे । यस सहयोगले नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने, महामारी बिरुद्धको लडाइमा नेपाली सेना अझ बढी प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने बताए ।

कोरोनाको विषम परिस्थितिमा भारतीय सहयोगले दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ बढी प्रगाढ भएको उनले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : १० बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा