अनेरास्ववियुले पारित गर्‍यो १९ बुँदे प्रस्ताव « Khabarhub

अनेरास्ववियुले पारित गर्‍यो १९ बुँदे प्रस्ताव


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको खनाल-नेपाल समूहको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले १९ बुँदे प्रस्ताव पारित गरेको छ ।

सुदेश पराजुली अध्यक्ष रहेको अनेरास्ववियूले विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण, यातायातमा लागू गरिएको विद्यार्थी छुट प्रभावकारी बनाउन, अनलाइन माध्यमबाट शैक्षिक प्रमाणपत्र पाउनुपर्नेलगायत १९ बुँदामा माग प्रस्ताव गरेको हो ।

गत चैत्र १० गते सम्पन्न अनेरास्ववियुको राष्ट्रिय भेलाले पारित गरेको प्रस्ताव आज सार्वजनिक गरिएको हो ।

प्रस्तावमा कोरोनाको मारमा विश्वविद्यालयले गरेको शुल्क बृद्धि फिर्ता लिन माग गरिएको छ ।

त्यस्तै देशका विभिन्न शैक्षिक संस्थाहरुमा शुल्क बद्धि र लकडाउन समयावधिको शुल्क छुट दिन गरिएका आन्दोलनहरुप्रति ऐकवद्धता जाहेर गर्दै सम्बन्धित निकायलाई कार्यान्वयन गर्न माग गरिएको छ ।

शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक तथा व्यावसायिक ऋणको प्रभावकारीतामा पनि भेलाले जोड दिएको छ भने विद्यार्थीले यातायातमा पाउदै आएको ४५ प्रतिशत छुटको सबै ठाँउमा कार्यान्वयन नभएकाले कडाइका साथ कार्यान्वयनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय भएको अनेरास्वीयुका अध्यक्ष सुदेश पराजुलीले बताए ।

उनले अनेरास्ववियु एकतावद्ध बनाउन बाहिर रहेकाहरुलाई पनि संगठनमा आउन अपिल गरे । उनले एमालेका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलमागि गरिएको कारबाहीको विरोध गर्दै उक्त निर्णय मान्य नहुने तर्क गरे ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : ५९ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः