चीनबाट फर्केका एमबीबीएस विद्यार्थीको धर्ना स्थगित, माग पूरा हुने आशा « Khabarhub

चीनबाट फर्केका एमबीबीएस विद्यार्थीको धर्ना स्थगित, माग पूरा हुने आशा


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— बाँकी इन्टर्नसिप नेपालमै गर्न पाउनुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका विद्यार्थीहरूले तत्कालका लागि धर्ना स्थगित गरेका छन् । माग पूरा हुने आशा पलाएपछि धर्ना स्थगित भएको हो ।

चीनमा चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) को इन्टर्नसीप गर्दागर्दै कोरोना महामारीको जोखिम बढेपछि नेपाली विद्यार्थी स्वदेश फर्केका थिए । नेपाल आएका अधिकांश विद्यार्थीहरूको ३ महीनादेखि १० महीनासम्म इन्टर्नसिप बाँकी रहेको छ र यस्ता विद्यार्थी १५२ जना रहेको जनाइएको छ ।

तत्काल चीन जान पाउने सम्भावना नदेखिएपछि उनीहरूले बाँकी इन्टर्नसिप नेपालमै गर्न पाउनुपर्ने माग गर्दै यही चैत १० गतेदेखि विद्यार्थीहरूले नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका थिए ।

काउन्सिलले विद्यार्थीको मागका विषयमा निर्णय गरिसकेको र ४८ घण्टापछि सार्वजनिक गर्ने भनेपछि तत्कालका लागि स्थगित गरेको धर्नामा संलग्न विद्यार्थी मिमंशा खतिवडाले बताइन् ।

उनले भनिन्, ‘काउन्सिलले आशावादी हुन भनेकाले निर्णय नआउँदासम्मको लागि धर्ना स्थगित गरेका हौँ ।’

काउन्सिलको निर्णय कस्तो आउँछ त्यसलाई हेरेर अर्को कदमको टुङ्गो लाग्ने उनले बताइन् । विद्यार्थीको विपक्षमा निर्णय भयो भने आन्दोलन अझ प्रभावकारीरूपमा अघि बढाउने उनको भनाइ छ ।

धेरै जसो विद्यार्थीको इन्टर्नसिप गर्न तीन चार महिनामात्रै बाँकी रहेकाले नेपालमै गर्ने व्यवस्था मिलाइदिन आफूहरूको माग रहेको मिमांशाले बताइन् । यो विषय ‘चिकित्सा शिक्षा आयोग’ को क्षेत्राधिकारमा पर्ने मेडिकल काउन्सिलको ठहर छ ।

इन्टर्नसिप पढाइको क्षेत्र भएकाले आयोगसँग परामर्श चलिरहेको नेपाल मेडिक काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।

उनले भने, ‘विदेशी विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमा इन्टर्नसिप गर्न दिने प्रावधान नभएकाले चिकित्सा शिक्षा आयोग विद्यार्थीहरूलाई इन्टर्नसिप गराउन मानिरहेको छैन ।’

उनले इन्टर्नसिप गर्न बाँकी विद्यार्थीहरूको माग उचित तरिकाले सम्बोधन गर्न आवश्यक रहेको पनि बताए।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : १७ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ