सरकारले संस्कृतिविद् जोशीको नाममा विद्यालय स्थापना गर्ने « Khabarhub

सरकारले संस्कृतिविद् जोशीको नाममा विद्यालय स्थापना गर्ने


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुगेका थिए ।

मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्न र उनले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने बताए ।

मन्त्री श्रेष्ठले भने, ‘राष्ट्रपतिज्यूले संस्कृतिविद् जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेपछि राष्ट्रपतिको सन्देश लिएर म जोशीको निवासमा आएको हुँ ।’

जोशीको नाममा खुल्ने विद्यालय नेपालकै नमुनाको हुने मन्त्री श्रेष्ठले बताए ।

मंगलबार मन्त्री श्रेष्ठ ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन र एमाले ललितपुर पार्टी अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारसहित संस्कृतिविद् जोशीको घरमा पुगेका थिए ।

मन्त्री श्रेष्ठले जोशीको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिएका छन् ।

‘जोशीले देशलाई दिनुपर्ने सबै कुरा दिइसकेका छन्, अब सरकारले उनको नाममा अनन्तकालसम्म रहने गरी विद्याकुञ्ज अर्थात विद्यालय निर्माण गर्नेछ,’ मन्त्री श्रेष्ठले भने ।

राष्ट्रपति भण्डारी र सरकार प्रमुख एवं प्रधनमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर आफ्नो निवासमा आएकोमा गौरव महशुस भएको प्रतिक्रिया दिँदै संस्कृतिविद् जोशीले अहिलेसम्म मलाई सरकारले सबै सहयोग गरिरहेको बताए ।

‘मेरो नाममा विद्यालय खोल्ने तयारी गर्नु समस्त संस्कृतिविद्, इतिहासविद् र साहित्यकारको सम्मान भएको महशुस गरेको छु,’ संस्कृतिविद् जोशीले भने ।

आउदो वैशाख ३० गते संस्कृतिविद जोशी १ सय २ वर्ष वर्ष पुग्नेछन् ।

आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरी विद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले भने, ‘जोशीको नाममा खुल्ने विद्यालयको नाम ‘सत्यमोहन जोशी माध्यमिक विद्यालय’, हुनेछ ।’

भेटघाटका क्रममा ललितपुर महानगरपालिकाका मेयर महर्जनले राष्ट्रपतिको चाहनाको प्रशंसा गर्दै यसले ललितपुर महानगर र ललितपुरवासीका लागि नै गौरवको कुरा भएको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : ०२ बजे

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने