अनुशालाई ‘मिस एयर होस्टेस इन्टरनेसनल’को उपाधि « Khabarhub

अनुशालाई ‘मिस एयर होस्टेस इन्टरनेसनल’को उपाधि


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–सौन्दर्य प्रतियोगिता ‘नाट मिस एयर होस्टेस इन्टरनेशनल’को ताज अनुशा कार्कीले जितेकी छिन् ।

राजधानीमा हालै सम्पन्न प्रतियोगितामा अनुशाले ‘मस्ट फोटोजेनिक’ र ‘मस्ट ट्यालेन्ट’ को विधागत उपाधि पनि पोल्टामा पारिन् ।

एयर हस्टेस पढिरहेका वा एयर होस्टेस बन्न इच्छुक १६ जना प्रतियोगीहरु समावेश गरिएको उक्त प्रतियोगिता दोश्रो संस्करण हो ।

प्रतियोगितामा इभा जैसवाल ‘फस्ट रनर अप’ र प्रिया गुरुङ ‘सेकेन्ड रनरअप’ घोषित भए ।

विधागत उपाधितर्फ प्रिया गुरुङ ‘वेस्ट वाक’ र ‘जब’ विजेता(यति एयरलाइन्स’, नितिशा विस्ट ‘वेस्ट फिगर’, सिमा गुरुङ ‘वेस्ट पर्सनालिटी’, दिपु शेर्पा ‘मस्ट कन्फिडेन्ट’, करुना नगरकोटी ‘मस्ट डिसिप्लेन’, मञ्जली लामा ‘मस्ट पङ्चुअल’, इभा जैसवाल ‘मस्ट ब्यूटीफुल’ र ‘मस्ट पपुलर’, स्वेच्छा बस्नेत ‘वेस्ट स्माइल’, प्रकृती अधिकारी ‘वेस्ट पर्फमर’ बने ।

प्रतियोगिताको निर्णायकको रुपमा अधिवक्ता गणेश केसी, टर्किस एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्ला टन्कर केसिइ, अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दीपक घिमिरे, पूर्व क्याविन क्रिउ कतार एयरवेज र सौर्य एयरलाइन्स अर्चना मिश्र रहेका थिए ।

नाट कलेजको आयोजना र कृजोना मिडिया ग्रुपको इभेन्ट व्यवस्थापन रहेको प्रतियोगिताको कोरियोग्राफी लभिन अन्सारीले गरेका हुन् ।

करिब १ महिना लामो विभिन्न प्रशिक्षण सहित प्रतियोगीतामा प्रतियोगीलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो ।

नेपाल वायुसेवा निगम र गिता एभिएसनको मुख्य प्रायोजन साथै ट्रयाङ्कुलिटी स्पा र मुक्तिनाथ विकास बैंकको सह–प्रायोजन रहेको प्रतियोगिताका विजेताले एयर हस्टेस तालिममा शतप्रतिशत छात्रावृत्ति, अमेजमन ग्रुपको तर्फबाट १ वर्षको लागि ब्राण्ड एम्बेसेडर र सिंगापुर भ्रमण, म्युजिक भिडियोमा खेल्ने अवसर पाउनुका साथै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउने छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ४० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी