क्युटी बनिन् सर्वोत्कृष्ट डिजाइनर « Khabarhub

क्युटी बनिन् सर्वोत्कृष्ट डिजाइनर


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी) स्कुल अफ फेसनले आयोजना गरेको तेस्रो संस्करणको डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्यले सर्वोत्कृष्ट डिजाइनरको उपाधि जितेकी छन् ।
प्रतियोगितामा उनले ९७ जना डिजाइनरलाई पछि पार्दै मुख्य उपाधि जितेकी हुन् ।

उपाधिसँगै उनले १५ हजार रुपैयाँ नगदका साथै ग्वार्को, ललितपुरमा केज फिटनेश सेन्टरको तर्फबाट २५ हजार रुपैयाँ बराबरको फिटनेस प्याकेजसमेत जितेकी छिन् । प्रतियोगितामा उमा राइका मगर ‘फस्ट रनरअप’ बन्दै १० हजार रुपैयाँ नगद तथा केज फिटनेस सेन्टरको तर्फबाट १७ हजार रुपैयाँ बराबरको फिटनेश प्याकेजसमेत पाएकी छिन् ।

प्रतियोगितामा राजनकुमार शाहले पाँच हजार रुपैयाँ नगद राशीसहित ‘सेकेण्ड रनर अप’को उपाधि पोल्टामा पारे । उनले उपाधिसहित केज फिटनेश सेन्टरबाट दश हजार रुपैयाँ बराबरको फिटनेस प्याकेज समेत पाएका छन् ।

उनी प्रतियोगिताका एक मात्र पुरुष फेसन डिजाइनरको रुपमा प्रतिस्पर्धी बनेका थिए । यो प्रतियोगितामा ‘लिडर अफ द इयर’को उपाधि फेसन प्रशिक्षकहरु सबिन ढुंगाना तथा सारिका राईले जितेका थिए ।

प्रतियोगितामा आईआईएफटीमा अध्ययनरत फेसन डिजाइनरका ९८ जना फेसन डिजाइनरका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

विपना थापाद्वारा कोरियोग्राफी गरिएको उक्त डिजाइनर प्रतियोगितामा मिस नेपालका आयोजक दिवाकरराज राजकर्णिका्, समाजसेवी उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनर महेश महर्जन, फेसन डिजाइन निभा श्रेष्ठ, सञ्चारकर्मी तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, फोटो पत्रकार हरिगोपाल प्रधान, पर्यटन व्यवसायी मिलन शाक्य आदि निर्णायकको रुपमा रहेका थिए ।

प्यासिफिक इभेन्ट म्यानेज्मेन्टले व्यवस्थापन गरेको तथा सञ्चारकर्मी रोजिन शाक्यद्वारा सञ्चालित उक्त कार्यक्रममा गायक लाक्पा शेर्पाले आफ्नो सांगीतिक प्रस्तुत दिएका थिए भने विभिन्न कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

उक्त प्रतियोगिताको प्रमुख अतिथिमा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष मनोज बहादुर न्याछ्यों रहेका थिए ।

यो प्रतियोगितामा डिजाइनरहरु आफैंले तयार पारेका पहिरनमा र्याम्पमा प्रस्तुत भएका हुन् ।

ग्राण्ड फिनालेमा विद्यार्थीहरुको प्रस्तुतति सोचे भन्दा उत्कृष्ट भएको आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाले प्रतिक्रिया दिएका दिएका छन् ।

बागबजार प्लाजा तथा मानभवन, ललितपुरमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङ कोर्ष गरेका विद्यार्थीहरुको आत्मविकास अविबृद्धि गर्ने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’का सुरुवात गरेको आईआईएफटीका निर्देशक शेर्पाले बताए ।

यसअघि सोनी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : १५ बजे

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली – गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच