महिनावरीको पीडा कम गर्ने यस्तो छ घरेलु उपचार विधि « Khabarhub

महिनावरीको पीडा कम गर्ने यस्तो छ घरेलु उपचार विधि


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—अजवायन आधा चम्चा, एक चिम्टी हिङ र एक चिम्टी नुन (सादा), तीनवटैलाई मिलाएर एक कप मनतातो पानीमा घोलेर पिउनुहोस् । यसलाई दुई–दुई घण्टामा दिनमा तीन–चार पटक पिउन सक्नुहुन्छ । यसको प्रयोगबाट मासिक धर्मको पीडामा आराम मिल्छ ।

—     मासिक ऋतुस्रावको पाँच दिनको समयमा मजीठाको मसिनो चूर्ण सानो चम्चाको एक चम्चा दिनभरिमा तीन पटक पानीसँग खानुहोस् ।

—पुदिनाको पात २५० मि.लि. पानीमा उमालेर हल्का नुन हालेर र मनतातो पारेर बिहान–बेलुका लिनुहोस् ।

—हल्का तातो पानीमा मह हालेर पिउनुहोस् ।

—काँचो आँपलाई भुटेर या उमालेर त्यसको कोयामा नुन, जीरा, पुदिना, मह तातोपानीमा मिलाएर अमरस बनाउनुहोस् र एक कप पिउनुहोस् ।

–रातिको खानाको बदला मनतातो दूधमा कालो मरिच र हर्दी हालेर पिउनुहोस् ।

—नाइटो र मूत्रेन्द्रियबीचको स्थानलाई चार–पाँच मिनेट हल्का तताएर त्यसमाथि चिसो माटोको पट्टी बीस–तीस मिनेटसम्म राख्नुहोस् ।

—तातो—चिसो कटिस्नान गर्नाले यो रोग ठीक हुन्छ ।

—हल्का तातोपानीमा कागती र अरण्ड तेलसँग एनिमा लिनुहोस् ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ३५ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको