कोरोना संक्रमित रुकुम पश्चिमका एक पुरुषको मृत्यु « Khabarhub

कोरोना संक्रमित रुकुम पश्चिमका एक पुरुषको मृत्यु


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व– कोरोना संक्रमणदर तीव्र हुँदै गर्दा रुकुममा फेरि एक जनाले ज्यान गुमाएका छन् ।

जिल्ला अस्पताल सल्लेको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनको राति साढे १२ बजे मृत्यु भएको हो।

ती पुरुषलाई बिहीबार दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको थियो। केही दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

दोस्रो चरणको कोरोना शुरू भएयता रुकुम पश्चिममा ९६ जनामा संक्रमण पुष्टि भएको कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए। गत वर्ष र यो वर्ष गरी ३५८ जनामा कोरोना संक्रमण भइसकेको छ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : ३८ बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना