सेनाको पृतना खारेज, कमाण्ड अवधारणा लागू | Khabarhub Khabarhub

सेनाको पृतना खारेज, कमाण्ड अवधारणा लागू


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले पृतना संरचना खारेज गरेको छ । पृतना संरचना खारेज गरेसँगै नेपाले अब कमाण्ड अवधारणा अघि बढाएको छ ।

सेनाले आठ पृतनालाई खारेज गर्दै चार वटा कमाण्ड अवधारणा लागू गरेको हो । सेनाको हाल रहेको संरचना प्रशासनिक ढंगको भएको भन्दै कमाण्ड अवधारणाले सैनिक आवश्यकतालाई परिपुर्ति गर्ने जनाएको छ ।

कमाण्ड संरचनामा गएको नेपाली सेनाले चारै कमाण्डमा नयाँ कमाण्डर तोकेको छ । जसअनुसार उपत्यका कमाण्ड हेडक्वार्टरमा उपरथी अशोकराज सिग्देल,पश्चिम कमाण्ड हेडक्वार्टरको कमाण्डरमा उपरथी विज्ञानदेव पाण्डे, मध्य कमाण्ड हेड्क्वार्टरको कमाण्डरमा उपरथी विनयविक्रम राणा र उपरथी सन्तोषकुमार ढकालले पूर्वी कमाण्ड हेडक्वार्टरको कमाण्डरको जिम्मेवारी पाएका छन् ।

यसअघि सिग्देल हेटौडा, पाण्डे सुर्खेत, राणा पोखरा र ढकाल इटहरीमा पृतनापतिको रुपमा कार्यरत थिए ।

नेपाली सेनाभित्र सबैभन्दा शक्तिशाली विभाग भनेर चिनिने सैनिक सचिव विभागलाई समेत सेनाले परिस्कृत गरेको छ । यसअघि सहायकरथी प्रमुख हुने उक्त विभागमा उपरथीको दरबन्दी कायम गरिएको छ । सैनिक सचिव पदम बहादुर सिंहको ठाउँमा कार्यरथी विभागमा कार्यरत उपरथी वालकृष्ण कार्कीले सैनिक सचिवको जिम्मेवारी पाएका छन् ।

सेनाको अनुसन्धान र विस्तार निर्देशनालयमा यसअघि सहायक रथीले नेतृत्व गर्दै आएकोमा अबदेखि उपरथीले नेतृत्व गर्ने भएका छन्।

सुदुरपश्चिम पृतनाका पृतनापति रहेका उपरथी निर्मलकुमार थापालाई उक्त विभागको जिम्मेवारी दिइएको छ । उनले यसअघि सैनिक सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

त्यसैगरी सेनाको कल्याणकारी योजना निर्देशनालयको प्रमुखमा पनि उपरथीलाई जिम्मेवारी दिइएको छ । यसअघि सहायकरथी प्रमुख रहने उक्त निर्देशनालयको प्रमुखको जिम्मेवारी उपत्यका पृतनाका पृतनापति रहेका उपरथी आनन्दकुमार अधिकारीले पाएका छन् । मध्यपूर्वी पृतनापति उपरथी सुरेशकुमार कार्की कार्यरथी विभागमा सरुवा भएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १० : ४५ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन