सेनाको पृतना खारेज, कमाण्ड अवधारणा लागू « Khabarhub

सेनाको पृतना खारेज, कमाण्ड अवधारणा लागू


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले पृतना संरचना खारेज गरेको छ । पृतना संरचना खारेज गरेसँगै नेपाले अब कमाण्ड अवधारणा अघि बढाएको छ ।

सेनाले आठ पृतनालाई खारेज गर्दै चार वटा कमाण्ड अवधारणा लागू गरेको हो । सेनाको हाल रहेको संरचना प्रशासनिक ढंगको भएको भन्दै कमाण्ड अवधारणाले सैनिक आवश्यकतालाई परिपुर्ति गर्ने जनाएको छ ।

कमाण्ड संरचनामा गएको नेपाली सेनाले चारै कमाण्डमा नयाँ कमाण्डर तोकेको छ । जसअनुसार उपत्यका कमाण्ड हेडक्वार्टरमा उपरथी अशोकराज सिग्देल,पश्चिम कमाण्ड हेडक्वार्टरको कमाण्डरमा उपरथी विज्ञानदेव पाण्डे, मध्य कमाण्ड हेड्क्वार्टरको कमाण्डरमा उपरथी विनयविक्रम राणा र उपरथी सन्तोषकुमार ढकालले पूर्वी कमाण्ड हेडक्वार्टरको कमाण्डरको जिम्मेवारी पाएका छन् ।

यसअघि सिग्देल हेटौडा, पाण्डे सुर्खेत, राणा पोखरा र ढकाल इटहरीमा पृतनापतिको रुपमा कार्यरत थिए ।

नेपाली सेनाभित्र सबैभन्दा शक्तिशाली विभाग भनेर चिनिने सैनिक सचिव विभागलाई समेत सेनाले परिस्कृत गरेको छ । यसअघि सहायकरथी प्रमुख हुने उक्त विभागमा उपरथीको दरबन्दी कायम गरिएको छ । सैनिक सचिव पदम बहादुर सिंहको ठाउँमा कार्यरथी विभागमा कार्यरत उपरथी वालकृष्ण कार्कीले सैनिक सचिवको जिम्मेवारी पाएका छन् ।

सेनाको अनुसन्धान र विस्तार निर्देशनालयमा यसअघि सहायक रथीले नेतृत्व गर्दै आएकोमा अबदेखि उपरथीले नेतृत्व गर्ने भएका छन्।

सुदुरपश्चिम पृतनाका पृतनापति रहेका उपरथी निर्मलकुमार थापालाई उक्त विभागको जिम्मेवारी दिइएको छ । उनले यसअघि सैनिक सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

त्यसैगरी सेनाको कल्याणकारी योजना निर्देशनालयको प्रमुखमा पनि उपरथीलाई जिम्मेवारी दिइएको छ । यसअघि सहायकरथी प्रमुख रहने उक्त निर्देशनालयको प्रमुखको जिम्मेवारी उपत्यका पृतनाका पृतनापति रहेका उपरथी आनन्दकुमार अधिकारीले पाएका छन् । मध्यपूर्वी पृतनापति उपरथी सुरेशकुमार कार्की कार्यरथी विभागमा सरुवा भएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १० : ४५ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका